रायगञ्ज: उत्तर दिनाजपुर जिल्लाको रायगञ्जमा रामकृष्ण संघको मूर्ति विसर्जनलाई लिएर मानिसहरूमा ठूलो उत्साह देखिएको छ। रामकृष्ण संघले उत्तर दिनाजपुर जिल्लाको रायगञ्जमा प्रत्येक वर्ष काली पूजाको आयोजना गर्ने गरेको छ भने यसपटक पनि संघले भव्यताका साथ काली पूजाको आयोजना गरेको छ। पूजाको शुरुवातदेखि मूर्ति विसर्जनको रातसम्म पुजाका लागि सर्वसाधारणमा व्यापक उत्साह देखिएको छ। मंगलबार राति भक्तजनहरू कालीको मूर्तिको पूजा र विसर्जनमा व्यस्त देखिएका छन्।