सांगीतिक कार्यक्रम चलिरहेको  बेला घरमा चोरी

IMG-20241106-WA0150

सिलगढी: इलाकामा पाँचाली सांगीतिक कार्यक्रम चलिरहेको थियो। यसैबीच चोरहरूले एक घरमा छापा मारेर लुटपाट गरेका छन्। चोरहरूले घरको ढोकाको ताला काटेर लाखौं रुपियाँका सुनचाँदीका गरगहनासहित लुटपाट गरेको घटनापछि इलाकामा सनसनी मच्चिएको छ। गएराति भएको यो घटनापछि खरिबारीको भाटागच्छ क्षेत्रमा तरंगित भएको छ। हिजो राति सो क्षेत्रमा पाँचाली गीतको कार्यक्रममा गएर घरमा आएकी गृहिणी घरको ढोका खुलेको देखेकी स्थानीयले बताए। चोरलाई घरभित्र पस्नेबित्तिकै समातिए पनि चोरले घरको कामदारलाई फ्याँकेर झ्यालबाट भागे। घटनाबारे परिवारका सदस्यले खरीबारी पुलिस चौकीमा लिखित उजुरी दिएका छन्। चोरहरूले सुनको हार, झुम्का र चाँदीका गरगहनासहित एक लाख रुपियाँ लगेर लगेको परिवारका सदस्यले बताएका छन्। चोरहरुलाई तत्काल पक्राउ गरी बहुमूल्य सामान बरामद गर्न पुलिसले अनुरोध गरिएको छ। घटनाबारे खरीबारी पुलिस  चौकीले अनुसन्धान शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement