झापा: स्थानीय तहको उपनिर्वाचन हुने पद ४४ पुगेको छ। यसअघि ३९ पदका लागि मात्रै उपनिर्वाचन हुने भनिएको थियो।
निर्वाचन आयोगको अक्टूबर २७को निर्णयबाट रिक्त रहेका ५ पद थप भएसँगै ४४ पुगेको हो। आयोगको निर्णयसँगै अब आगामी दिसंबर १मा स्थानीय तहमा रिक्त रहेका पदका लागि उपनिर्वाचन हुने छ।
ताप्लेजुङको सिरीजंघा गाउँपालिका-३ का वडाध्यक्षले राजीनामा दिए थिए। त्यहाँ पनि उपनिर्वाचन हुने भएको छ। सप्तरीको डाक्नेश्वरी नगरपालिका-१ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन हुने छ। उक्त वडाका वडाध्यक्षको निधन भएको थियो।
कपिलवस्तुको शुद्धोदन गाउँपालिका-१ मा अध्यक्ष, रुकुम (पूर्वभाग) स्थित पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष र पुथा उत्तरगंगा–२ मा वडाअध्यक्ष पदका लागि उपनिर्वाचन हुने छ। जनप्रतिनिधिको निधनपछि आयोगले ५ वटै स्थानमा मंसिर १६ गते उपनिर्वाचन गर्ने निर्णय लिएको हो।
आयोगका अनुसार कोशी प्रदेशमा ९, कर्णालीमा ८, मधेस र बागमतीमा ७÷७, लुम्बिनी र सुदू्रपश्चिममा ६÷६ तथा गण्डकी प्रदेशमा १ पदका लागि उपनिर्वाचन हुने छ।
मोरङको ग्रामथान गाउँपालिकामा अध्यक्ष, दोलखाको गौरीशंकर गाउँपालिकामा उपाध्यक्ष, काठमांडूको कीर्तिपुर नगरपालिकामा प्रमुख, रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिकामा उपाध्यक्ष, दैलेखको महाबु गाउँपालिकामा अध्यक्ष, जाजरकोटको नलगाड नगरपालिकामा उपप्रमुख, हुम्लाको सर्केगाड गाउँपालिकामा उपाध्यक्ष, बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकामा उपाध्यक्ष र कैलालीमा जिल्ला समन्वय समिति प्रमुख पदमा उपनिर्वाचन हुँदैछ।
त्यसबाहेक अन्य स्थानमा वडाध्यक्ष र सदस्य पदमा उपनिर्वाचन हुने छ। उपनिर्वाचनका लागि तयारी तीव्र पारिएको निर्वाचन आयोगले जनाएको छ।








