कालेबुङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको अधीनस्थ क्षेत्रभित्र पर्ने राष्ट्रिय राजमार्ग १० का निम्ति संंयोजक पदमा उत्तम राईलाई नियुक्ति गरेको छ।
नियुक्ति पत्रमा भनिएको छ कि उत्तम राईको संगठनप्रतिको लगनशीलता एवं समर्पित भावनाको कदर गर्दै पार्टी केन्द्रीय संस्थापक अध्यक्ष अनित थापा एवं पार्टीको निर्देशमा उनलाई राष्ट्रिय राजमार्ग १० को निम्ति संयोजकको पदमा नियुक्ति गरिएको बताइएको छ।
आजदेखि नै उनलाई उक्त पदमा आसिन बनेर संगठनको आचार संहिताको पालन गर्दै निष्ठापूर्वक यो पदको गरिमालाई अक्षुण्ण राखी संगठनलाई सुदृढकरण गर्न सबैलाई साथ लिएर अघि बढ्ने आशा एवं भरोसा राखिएको बताइएको छ।










