दार्जिलिङ: शीतकालीन सत्रलाई केन्द्र गरी गोर्खाल्याण्ड एक्टीभिष्ट समूहले दिल्लीमुखी कार्यक्रमको गृह कार्य शुरु गरेको विक्रम क्षेत्रीले बताएका छन्। सिङ्गो मुद्दा छुटै राज्य गठनको दावीलाई भाषा आन्दोलनको प्रारूपमा अघि बडाउन अन्य राजनैतिक दल, जनप्रतिनिधिहरुलागयत संघसंस्था अनि नागरिक समाजसमक्ष सहभागीता जनाइदिने उनले अपील गरेका छन्। यता शक्तिशाली लद्दाखको मागमा आन्दोलनरत सोनाम वाङचुकसितको भेटवार्तालाई फलदायी बताउँदै समूहको संयोजक किशोर प्रधानले परम्परा अनि प्रायोजित आन्दोलन कहिले पनि निकासमुलक हुन नसक्ने दावी गरे। मिडिया सम्बोधनमा उनले अर्कोतिर स्वायत्तता, छैटौं अनुसूची, विधानसभा सम्पन्न राज्य गठन, ग्याजेटिड अधिकारीको नियुक्तिससँगै दुईवटा सांसदको मागमा लद्दाखी भोटे र मुस्लिम एकता गोर्खा जातिको प्रेरणाको दृष्टान्त मत व्यक्त गरे।









