तृणमूल कंग्रेसले भेदभाव गरेको सांसद राजु विष्टको आरोप

IMG-20241106-WA0240

खरसाङ: तृणमूल कंग्रेसले आफ्नो उत्तर बंगाल विरोधी अड़ानलाई डुवर्स, तराई अनि दार्जिलिङ पहाड़ी क्षेत्रमा स्पष्ट ढङ्गले परिलक्षित गरेको आरोप दार्जीलिङका सांसद राजु विष्टले लगाएका छन्। यसबारे तिनले एक विज्ञप्ति जारी गरेर भनेका छन्- टीएमसीले हाम्रो क्षेत्रको अवहेलना अनि उपेक्षा मात्रै नगरेर हामीविरुद्ध जानिबुझिकन भेदभाव गरिरहेको छ। उदाहरणको लागि बीरपाड़ाको एमजी रोडमा अकाशे पुल वा रोड ओभर ब्रिजलाई लिन सक्छौँ। टीएमसीले रेलवेद्वारा यसमा पहल नगरिएको दावी गरेको छ जो सरासर झुट्टो हो।बीरपाड़ाको लेभल क्रसिङ्ग गेट नम्बर एसके-१५५, एम.जी. रोड, ओभर ब्रिज (आरओबी) निर्माणको लागि भारतीय रेलवे र पश्चिम बङ्गाल सरकार बीच साझा रूपमा लागत बेहोर्ने आधारमा २०१३-१४ मा नै मन्जूरी दिइएको थियो। मलाई उत्तर सीमान्त रेलवे, अलिपुरद्वार जंक्शनका डिभिजन रेलवे प्रबन्धकद्वारा जानकारी गराइएअनुसार रेलवेले यस प्रति पहल पनि शुरु गरेको थियो तर पश्चिम बङ्गाल सरकारले अनापत्ति प्रमाणपत्र (एनओसी) नदिएको हुँदा काम शुरु गर्न नसकिएको हो। बीजेपी विधायकहरू अनि सांसदहरूको प्रयासपछि, केद्रीय सरकारले ओभरब्रिजको एकसय प्रतिशत लागत आफैले वहन गर्ने नीतिगत निर्णय लिएको छ। पश्चिम बङ्गाल सरकारले आजसम्म अनापत्ति प्रमाणपत्र (एनओसी) नदिएको कारण मात्र काम शुरु गर्न ढिल्याइँ भएको हो। तर, म मदारीहाटका जनतालाई आश्वस्त गर्न चाहन्छु कि बीजेपी यस रोड़ ओभरब्रिजको निर्माण पूरा गर्ने काम सुनिश्चित गर्न वचनबद्ध छ, र अबउसो टीएमसी-को यो ढिलो गर्ने नीतिलाईसफल हुन दिइने छैन। साथै डोलोमाइट साइडिङलाई बीरपाड़ाको दलगाउँ स्टेशनबाट मुजनाई रेलवे स्टेशन नजिक सार्ने कार्यलाई २०१७-१८ मा नै मन्जूरी प्रदान गरिएको थियो। त्यसपछि यसका लागि एजेन्सी निर्धारित गरिएको थियो र काम शुरु भएको थियो। भूमि कार्य र पुल निर्माणको कार्य गरिएको थियो। तर, पश्चिम बङ्गाल भूमि अधिकारीहरूलाई कैयौँ पत्रहरू पठाएर अनुरोध गरिँदा पनि राज्य सरकारद्वारा भूमि-अधिग्रहण (७•१६ एकड़) अहिलेसम्म नगरिएको कारणले यस कार्यमा थप प्रगति हुन सकेको थिएन।
एकचोटि फेरि, स्पष्ट छ कि डोलोमाइट साइडिङलाई सार्ने काममा ढिल्याइँ पश्चिम बङ्गाल सरकार तथा प्रशासनद्वारा आवश्यक भूमि उपलब्ध नगराइनाले भएको हो।
म यहाँहरूलाई जानकारी गराउँदा खुशी अनुभव गरिरहेको छु कि केन्द्रीय सरकारको निर्देशानुसार हाल मुजनाई स्टेशनमा रेलवे भूमिभित्रनै मुजानई यार्डमा साइडिङको निर्माणको कार्य प्रगतिमा छ। यसरी, अब पश्चिम बङ्गाल सरकारले थप अनावश्यक ढिल्याइँ गर्न सक्नेछैन। जति चाँड़ो यो नयाँ साइडिङ तयार हुनेछ, डोलोमाइटको लोडिङ कार्य दलगाउँबाट सारिने छ र समस्याको समाधान हुनेछ।
म मदारीहाट विधानसभा निर्वाचन क्षेत्रका जनतालाई उहाँहरूकहाँ भोट माग्न आउने टीएमसी नेताहरू सामु यो प्रश्न राख्न अनुरोध गर्दछु कि पश्चिम बङ्गाल सरकारले मदारीहाटका जनतालाई यस्तो पीड़ा किन दिइरहेको छ। बीजेपी मात्र मदारीहाट निर्वाचन क्षेत्र अनि उत्तर बङ्गाल क्षेत्रको समग्र विकास सुनिश्चित गर्न वचनबद्ध छ। तसर्थ, म जनतासँग बीजेपी-लाई भोट दिएर माननीय प्रधानमन्त्री श्री नरेन्द्र मोदीज्यूको हात मजबूत बनाउने अनुरोध गर्दछु।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement