खरसाङ: आज खरसाङ चिमनी देवराली २८ नम्बर समष्टिको सभासद श्याम शेर्पा र खरसाङ खण्ड समिति सदस्य दिनेश तामाङ अनि टोलीद्वारा यस समष्टीमा नवनिर्मित बाटोकाे निरीक्षण गरेका छन्। २८ नम्बर समष्टिमा पथश्री योजनाद्वारा निर्माण भईरहेको २ वटा बाटोकाे निरीक्षण कार्यमा २८ नम्बर समष्टिको सभासद श्याम शेर्पा अनि चिमनी देवराली ग्राम पञ्चायतको पञ्चायत समिति सदस्य दिनेश तामाङ, समष्टि नारी शक्ति सभापति सुष्मा मुखिया, सचिवा ललिता छेत्री, युवा शक्ति सदस्य अनुप तामाङ, बिक्रम तामाङ, उमेस तामाङ र अन्यको उपस्थित रहेका थिए। प्रथममा सिमानाटारलाई जोड्ने बाटो जुन बाटो देवराली निस्कन्छ भने यो बाटोले अप्पर चैते पानीकाे बाटो छुन्छ। यो बाटोले सिपाहीधुरा जानु एकदमै नजिक पर्छ। यस बाटोकाे निरीक्षणमा विभागकाे तर्फबाट एसएई, सहायक अभियान्ता मान्डुप लामा र ठेकेदारकाे उपस्थिति थियोे। बाटोकाे प्रथम चरणमा बाटो काट्ने कार्य र साईड वालकाे काम समाप्त भएको छ भने दिसम्बरभित्र कार्य सक्नेछ भनी अभियान्ताले रिपोर्ट बुझाएको जानकारी प्राप्त भएको छ। दोस्रो चरणमा चिम्नीदेखि मझुवा जाने बाटोकाे निरीक्षण गरियो। उक्त बाटोकाे कार्य पचास प्रतिशत समाप्त भएको र अहिले अलकत्र बिछ्याउने कार्यको शुरुआत भईसकेको र यो बाटोको निर्माण कार्य चाढै सक्ने विभागीय अभियन्ता विशाल प्रधान अनि ठेकेदारले जानकारी गराएका छन्। आजको निरीक्षण बारेमा सभासद श्याम शेर्पाले दुईवटा बाटोकाे कार्य एकदमै सुचारू रुपमा चलिरहेको साथै गुणस्तरीय काम भईरहेको पाईयो र गाउँ घर जनताले पनि सहयोग गरे कार्य गुणस्तरकाे हुने र छिटो सक्ने बताएका छन्।

यसको साथै ठेकेदार पक्षले कही-कतै लापरवाही गरे सम्बन्धित विभागमा गुनासो गर्ने र विभागले नसुने जनताको प्रतिनिधि पञ्चायत समिति सदस्य र सभासद रहेको छ र हामीलाई गुनासो राख्ने उनले जनतालाई आह्वान् गरेका छन्। सभासद श्याम शेर्पाले यस कार्यकाे लागि जिटिए चिफ अनित थापाप्रति आभार प्रक्ट गरेका छन्। त्यसरी पञ्चायत समिति सदस्य दिनेश तामाङले पनि यस निरीक्षण विषयमा जानकारी गराएका छन्।