खरसाङ: मंगर संघ भारत खरसाङको आयोजनामा खरसाङको भिक्टोरियामा सांस्कृतिक देऊसी कार्यक्रम सम्पन्न भएको छ। उक्त देऊसी कार्यक्रम मंगर संघ भारत खरसाङको आयोजनामा वार्षिक रूपमा आयोजना गर्ने गरिन्छ़ यसै अन्तर्गत यसपालीको देऊसी आज सम्पन्न भएको छ। मंगर संघ भारत खरसाङको सह सचिव प्रताप थापाको सञ्चालनमा सम्पन्न भएको देऊसी कार्यक्रममा खरसाङ टाउन कमिटीका पदाधिकारीहरू उपस्थित रहेका थिए भने प्रमुख अतिथिको रुपमा खरसाङ नगरपालिकाको चेयरम्यान एंव ग्राम सुधार समिति भिक्टोरियाको सचिव ब्रिगेन गुरुङ विशेष रूपमा उपस्थित रहेका थिए। देऊसी कार्यक्रमको शुरुमा मंगरहरूका रीति रिवाज अनुसार सांस्कृतिक बाजा गाजाको पूजा अर्चना गरिएको थियो। यस क्रममा मंगर संघ भारत खरसाङको सभापति राजेन थापा र मंगरको वापा (पुजारी) रतन थापाको बाहुलीबाट पूजा अर्चनासहित सरस्वती बन्दना गरेर देऊसी कार्यक्रम थालिएको थियो। यस क्रममा मंगर संघ भारत खरसाङको सचिव सीबी आले एंव अन्यको अगुवाईमा मंगरहरूको देऊसी कार्यक्रम सम्पन्न भएको थियो। यस क्रममा देऊसीसितै सोरठी गीत र अन्य गीतहरू पनि प्रस्तुत गरिएको थियो। जातीय संस्कार, संस्कृति अनि परम्परालाई संरक्षण गर्ने उद्देश्यको साथमा आयोजित मंगर संघ भारतको देऊसी कार्यक्रममा मंगर संघ भारत खरसाङ टाउन कमिटीको सभापति राजेन थापा, उप सभापति पुरण थापा, बसन्त थापा, सह सचिव हेमन्त थापा, सल्लाहकारहरू क्रमैले रतन थापा, अन्तु थापा, आईडी थापा, भीम थापा, रमेश थापा, कमला थापा, तिलोममा थापा, वरिष्ठ कार्यकारी सदस्य सदस्याहरू क्रमैले ललिता थापा, मनमाया थापा, डम्बर थापा, सावित्रा थापा लगायत अन्यहरू उपस्थित रहेका थिए। नेपाली/गोर्खाली जातिको संस्कार संस्कृति र परम्परालाई संरक्षण गर्ने उद्देश्यको साथमा आयोजित देऊसी कार्यक्रममा विषयमा मंगर संघ भारत खरसाङको सचिव सीबी आले र सह सचिव प्रताप थापाले पत्रकारहरूसित कुराकानी जातीय संस्कृति झल्काउँदै जातीय संस्कार, संस्कृति अनि परम्परालाई संरक्षण गर्नलाई मंगर संघ भारत खरसाङको आयोजनामा भिक्टोरियामा देऊसी कार्यक्रम सम्पन्न गरिएको बताएका छन्। दुवैले बताए अनुसार मगरहरूले वार्षिक रूपमा तिहारको समयमा देऊसी कार्यक्रम आयोजना गर्ने गरेको र मंगरहरूले यसपाली पनि सामुहिक रूपमा देऊसी कार्यक्रम आयोजना गरेको बताएका छन्।