सिलगढी: टोटो चालकहरू आज फेरि विरोधमा सामेल भए। दुर्गा पूजा भन्दा पहिले, सिलगढीमा टोटोलाई ट्राफिक पुलिसले हरियो, पहेँलो, नीलो, बैजनी स्टिकरहरूसहित चार मार्गहरूमा विभाजन गरेको थियो। प्रत्येक रङको स्टिकरसहितको टोटोलाई विभिन्न क्षेत्रमा चलाउन अनुमति दिइएको थियो। तर टोटो चालकहरूले त्यो स्टिकरलाई लिएर प्रश्न उठाइरहेका छन्। टोटो चालकले बुधबार सेभोक रोडस्थित पायल सिनेमा हल अगाडि सडकमै विरोध प्रदर्शन गरे। टोटो चालकहरूलाई भेनस मोरबाट बिधान रोड हुँदै चेकपोस्टसम्मको बाटो दिइएको बताइएको छ। चेकपोष्टबाट भेनस मोडमा आउन नसकेको भन्दै चेकपोष्टबाट पूर्वी बाइपास हुँदै आउन भनिएको छ। समस्या समाधान नभए आफूहरू आन्दोलनमा ओर्लिने र टोटो चलाउन बन्द गर्ने समेत उनीहरूले बताए।