मेयर गौतम देवले अवलोकन गरे छठघाट

IMG-20241106-WA0193

सिलगढी: बिहार पछि छठ पूजा सिलगढीमा ठूलो रुपमा मनाइन्छ। छठ पूजामा ठूलो संख्यामा मानिसहरुको घुइँचो लागेको छ। यहाँका मेयर गौतम देवले आज बिहान तीनबत्तीस्थित छठघाटको भ्रमण गरेका छन्। घाट निरीक्षणका क्रममा उनी बाहेक वार्ड नम्बर ३२ का पार्षद तपस चटर्जीलगायतको उपस्थिति रहेको थियो। सो अवसरमा मेयरले छिट्टै घाटको काम सम्पन्न हुने बताए। अर्कातिर पूजा गर्नेलाई कुनै असुविधा नहोस् भन्ने पनि ख्याल राखेका छन्। उनले घाट निर्माणदेखि शुरु भई सडकको काम तीव्र गतिमा सम्पन्न हुने बताए। यसैबीच वार्ड नम्बर ३२ का पार्षद तपस च्याटर्जीले सन् २०१५ देखि नै यो घाटमा काम गर्दै आएको बताए। यस घाटमा करिब एक हजार छठ व्रती पूजा गर्ने गर्दछन्। घाटको मरम्मत सम्भार २६ तारिखबाट शुरु भएको छ। कसैलाई पनि असुविधा नहोस् भन्ने कुराको ध्यानाकर्षण गराइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement