जिल्लापालसहित प्रशासनिक अधिकारीले छठघाटको भ्रमण गरे

IMG-20241106-WA0205

 सिलगढी: नक्सलबारीको खेम्ची नदी घाटमा छठ पर्वको तयारी भइरहेको छ। यसैबीच आज जिल्लापालसहित प्रशासनिक अधिकारीले छठघाटको अवलोकन गरेका छन्। यस दिन जिल्लापाल  प्रीति गोयल, उप-विभागीय मजिस्ट्रेट अवध सिंघल, सिलगढी उप-विभागीय परिषद्का अध्यक्ष अरुण घोष र बीडीओ प्रणव चट्टराज, पञ्चायत समितिका अध्यक्ष आनन्द घोषले छठघाट सडक र घाटको तयारीको निरीक्षण गरे। कुनै अप्रिय घटना हुन नदिनका लागि छठवासीले सुरक्षित रुपमा पूजा गर्नका लागि पुलोइस  क्याम्प, स्वास्थ्य शिविर, गोताखोर र पानी बोर्ड परिचालन गरिने उनले बताए। सिलगढी महाकमा परिषद अध्यक्ष अरुण घोषले विसर्जनपछि सरसफाईको काम भइरहेको र भोलि बिहानसम्म यो घाट सजाइने बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement