१ सेप्टेम्बरमा निकालिइने शोभायात्राको तयारीबारे सिलगढीमा बैठक

सिलगढी: युनेस्कोले बङ्गालको दुर्गोत्सवलाई हेरिटेजको स्वीकृति दिएकोले आगामी १ सेप्टेम्बरमा जिल्ला जिल्लामा शोभायात्रा निकालिइने भएको छ । दार्जिलिङ जिल्ला प्रशासन तथा सिलगढी नगरनिगमले यसको तयारी शुरू गरेको छ । यसैले आज सिलगढीको दीनबन्धु मञ्चमा एउटा बैठक गरियो । उक्त बैठकमा सिलगढीको विभिन्न दुर्गा पुजा कमिटी, क्लब, पुलिस तथा प्रशासनका अधिकारीहरू लगायत नगरनिगमका अधिकारीहरू उपस्थित थिए । उक्त बैठकमा शोभायात्रा कसरी आकर्षक तथा व्यवस्थित गर्न सकिन्छ भन्ने विषयमा चर्चा परिचर्चा गरियो । बैठकको अन्तमा गौतम देवले भने, युनेस्कोले बङ्गालको दुर्गा पुजालाई हेरिटेजको स्वीकृति दिएको छ। यस परम्परालाई अघि बढाएर लैजाने उद्देश्य लिएर मुख्यमन्त्री ममता ब्यानर्जीको निर्देशमा आगामी १ सेप्टेम्बरमा राज्यभरिमै रङ्गारङ्ग शोभायात्रा निकालिइने भएको छ। यसैलाई लिएर आज प्रस्तुति सभाको आयोजना गरिएको हो । दुर्गा पुजापछि कार्निभलको आयोजना गरिनेछ । आगामी १ सेप्टम्बरको शोभायात्रापछि कार्निभलको तयारीलाई लिएर एउटा सभा गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement