८ दिसम्बर: खरसाङमा पहिलोपल्ट हुँदैछ ७ हजार फीटको उचाईंमा ‘१० के रन’      

WhatsApp-Image-2024-11-06-at-16.31.42

खरसाङ: दिसम्बर ८ एउटा महत्वपूर्ण दिन हो, यस दिनलाई बोधि दिवसको रुपमा मनाइन्छ। सिद्धार्थ गौतमले बुद्धत्व प्राप्त गरेको र राजकुमार सिद्धार्थ गौतमबाट महात्मा बुद्धमा परिवर्तन भएको क्षणको सम्झना गराउँछ। ८ दिसम्बरकै दिन ‘सस्टेनेबल टुरिजम’ अर्थात ‘दिगो पर्यटन’को थिम लिएर खरसाङमा पहिलोपल्ट समुद्र सतहदेखि करिब सात हजार फीटको उचाईंमा पुरुष र महिलाहरुको १० के रन (१० किलोमिटरको दौड) सम्पन्न हुने भएको छl यस दिन  खरसाङलाई पर्यटनको क्षेत्रमा प्रवर्धन गर्ने उद्देश्यले यस दौडको आयोजना खरसाङ सब-डिभिजनल स्पोर्ट्स एसोसिएसन (केएसएसए)ले खरसाङ एथलेटिक क्लबसितको साझेदारी अनि खरसाङ महकुमा कार्यालय र डिभिजनल फरेस्ट अफिस खरसाङको सहयोगमा गर्न लागिरहेको छl केएसएसएको कार्यालयमा ८ दिसम्बरमा आयोजना हुने दौडलाई लिएर आज पत्रकार सम्मेलन आयोजना गरिएको थियोl

पंजीकरण साथै सम्पूर्ण जानकारीको लागि यो लिंक क्लिक गर्नुहोस् 

https://konfhub.com/kurseong-winter-run-2024

पत्रकार सम्मेलनमा केएसएसएका सचिव निर्मल गुरुङ, खरसाङ एथलेटिक क्लबकी सचिव प्रीति राई र डिभिजनल फरेस्ट अफिस खरसाङका रेन्ज अफिसर सम्बर्ध साधुले जानकारी दिएl यस १० के रन- १० किलोमिटर (महिला अनि पुरुष- १५ वर्षदेखि ४५ वर्षसम्म), अर्को १० के रन- १० किलोमिटर (महिला अनि पुरुष- ४६ वर्षदेखि ५९ वर्ष), ५ के रन- ५ किलोमिटर (मिक्स्ड-पुरुष-महिला- ६०वर्षदेखि माथि), ५ के रन- ५ किलोमिटर (मिक्स्ड- ४ देखि १४ वर्षसम्म बालक-बालिका)को लागि हुनेछl १० के रन मात्र पुरुष र महिलाको अलग अलग हुनेछl यस दौडमा मोठ १ लाख २० हजारको पुरस्कार राशि राखिएको छl जसमा १० के रनमा पुरुष र महिला वर्गका लागि  प्रथम पुरस्कार राशि रु० १५ हजार, दोस्रो पुरस्कार राशि रु० १० हजार, तेस्रो पुरस्कार राशि रु० ५ हजार राखिएको निर्मल गुरुङले बताएका छन्l ५ के रनका लागि अहिले पुरस्कार राशि घोषणा गरिएको छैनl यस आयोजनामा जीटीएको पर्यटन विभागको सहभागिता रहेको निर्मल गुरुङले बताएका छन्l यो दौड डाउहिलबाट शुरु हुनेछ अनि प्रेसिडेन्सी कलेज (भिक्टोरिया स्कूल नजिक), चित्रे, चिम्नी, देवराली तीन माइल हुँदै डाउहिलमा आएर समापन हुनेछl प्रतियोगीहरूलाई मेडल, टी शर्ट प्रदान गरिनेछl विद्यार्थीहरूलाई सही मार्गदर्शन अनि  खेलकुदको क्षेत्रमा प्रोत्साहित गराउने यस दौडको उदेश्य रहेको  प्रीति राईले बताइन्l प्रीति राईले मुम्बईमा १० के रन जितेकी हुन्l प्रतियोगीहरूका लागि ट्रयाक र सुविधाहरू  डिभिजनल फरेस्ट अफिस खरसाङले देखरेख गर्ने रेन्ज अफिसर सम्बर्ध साधुले बताएl यहाँ आउने प्रतियोगीहरूले यस क्षेत्रमा प्राकृतिक सौन्दर्यको स्वच्छ आनन्द महसुस गर्नसक्ने पनि उनले बताएl  यस दौड आयोजनाका लागि निर्मल गुरुङले  खरसाङ महकुमा अधिकारी बन्दवासी तेजा दीपक, खरसाङ एथलेटिक्स क्लबका दिपेन खवास (डीई-बिजुली विभाग) र सन्दीप तामाङ (डिभिजनल इन्जिनियर-बिजुली विभाग)लाई विशेष रुपमा धन्यवाद जनाएका छन्l पत्रकार सम्मेलनमा चर्चित धावक सरोज राई र सुवर्ण सुब्बा पनि अनि उपस्थित थिएl यस दौडको लागि पंजीकरण शुल्क राखिएको छl १० के रनको लागि पाँच सय रुपियाँ, ५ के रनका (मिक्स्ड- ६० वर्षदेखि माथि) दुई सय रुपियाँ अनि ५ के रन (मिक्स्ड ४ देखि १४ वर्षसम्म) दुई सय रुपियाँ पंजीकरण शुल्क रहेको छl     

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement