गोरुबथानमा सबैभन्दा ठुलो फुटबलको महाकुम्भको श्रीगणेश

IMG-20241106-WA0044

गोरुबथान: गोरुबथान बडा फागुमा प्रतिवर्ष झैं यस वर्ष पनि ५ नबम्बरको दिनदेखि भव्यरुपमा लेट शंकर सेन प्राइज मनी नक आउट फुटबल टुर्नामेन्ट शुरु भएको छ। अप्पर फागु स्पोर्टस एन्ड कलचरल एसोसिएसनको आयोजनामा सम्पन्न हिजोको पहिलो खेल दलसिंहपाडा स्पोर्टस एकाडेमी बनाम गोरुबथान युनाइटेडमाझ समपन्न भएको थियो।हिजोको खेल खूबै रोमान्चक भएको थियो।दुवै दलका खेलाडीहरुले उत्कृष्ट खेलको प्रदर्शन गरेका थिए। दलसिंहपाडा स्पोर्टस एकाडेमीले एकको विरुद्ध दुइ गोल दागेर विजय बने।खेल शुरु भएको ८ मिनट पनि नबित्दै दलसिंहपाडा स्पोर्टस एकाडेमीका खेलाडी बिक्की थापा(८)ले गोल गरेका थिए।खेल अवधिमा नै २५ मिनटको अवधिमा गोरुबथान युनाइटेडका खेलाडी समीर राई(१३)ले एक गोल गरेपछि खेल बराबरीमा पुग्यो।दुवै दलका खेलाडीहरु घमासान रुपमा गोल दाग्न हेतु लागिपरे तर प्रथमार्द्धमा कुनै पनि दलको गोलमा बढोत्तरी हुन सकेन। दित्यार्द्ध शुरु भएको १३ मिनेटमा नै दलसिंहपाडा स्पोर्टसका खेलाडी हेमराज भुजेल(७)ले फेरि एक गोल दाग्न सफल भए। यही गोल नै खेलको निर्णायक गोल बन्न सक्षम बन्यो।
आज ६ नवम्बरमा युनाइटेड एफ सी दार्जिलिङ बनाम एन जी आर्मड पुलिसमाझ समपन्न हुने जानकारी आयोजक पक्षको तर्फबाट सन्जय प्रधानले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement