सिलगढी: छ जना बदमासलाई सिलगढी मेट्रोपोलिटिन पुलिसले पक्राउ गरेकि छ।त्यस पछि आज जलपाईगढी अदालतमा पेश गर्यो। पक्रा परेकाहरूमा पृथ्वी सोनार, एमडी शाहरुक, एमडी समीम, सनम गुरुग, रिकेश तामाङ र सरन तामाङ सामेल छन्। प्राप्त जानकारी अनुसार गत राति कुनै आपराधिक घटनालाई अन्जाम दिनको लागि केही बदमाशहरू साई अस्पताल इलाकामा भेला भएका थिए। गोप्य सूचनाको आधारमा भक्ति नगर थाना पुलिसले उक्त इलाकामा अभियान चलाएर छ जना बदमासलाई पक्राउ गरे तापनि केही बदमासहरूले घटनास्थलबाट भागेको छ।पुलिसले तिनीहरुलाई पनि खोजि रहेको छ।