उर्लाबारी: मोरंग जिल्लको उर्लाबारी वडा नम्बर ३ स्थित मंगलबारे भेट्रान समुहद्वारा देउसी खेलेर संकलन भएकाे रकम क्यान्सर पिडितलाई सहयोग गरिएकाे छ।
समुहद्वारा देउसी खेलेर संकलन भएको ७ हजार नगद वडास्थित रामनगर टोल निवासी ४७ वर्षीया तुलसा भण्डारीलाई मंगलबार विरामीकाे घरमा पुगेर देउसी भैलाे टिमले हस्तान्तरण गरेको थियो।
मंगलबार दिउसो वडाध्यक्ष भिष्मराज बुढाथोकीको रहोबरमा ७ हजार नगद सहयोग गरिएको भेट्रानका अध्यक्ष राजन सुवेदिले जानकारी दिए।