पूर्ब मुमा बडामहारानी रत्नक़ो स्वास्थ्यमा सुधार

IMG-20241106-WA0065

काठमांडू: पूर्वमुमा बडामहारानी रत्न राज्यलक्ष्मी शाहको स्वास्थ्यमा क्रमिक रूपमा सुधार भइरहेको चिकित्सकहरुलाई उदृत गर्दै पारिवारिक स्रोतले जनाएको छ।
स्वास्थ्यमा समस्या भएपछि दुई दिनयता रत्नको राजधानीको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार हुँदै आएको छ।
नारायणहिटीमा बस्दै आएकी रत्न अस्वस्थ भएपछि पूर्वराजा ज्ञानेन्द्र शाहले नै नर्भिक लगेका थिए। पूर्वराजाले दैनिक साँझपख रत्नको स्वास्थ्य अवस्थाबारे अस्पतालमै पुगेर जानकारी लिँदै आएका छन्। शाहले मंगलबार साँझ पनि नर्भिक पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement