मन्धना चौथो र हरमनप्रीत नवौं स्थानमा

IMG-20241105-WA0243

दुबई: भारतीय कप्तान हरमनप्रीत कौर आईसीसीद्वारा मंगलवार जारी महिला वनडे ऱ्याङकिंगमा संयुक्त रूपले नवौं स्थानमा पुगिन्। यसरी ओपनिंग ब्याटर स्मृति मन्धनाले आफ्नो चौथो स्थान कायम राखेकी छन्। न्यूजील्याण्डविरुद्ध ३ वटा वनडे म्याचको सीरीजअन्तर्गत अन्तिम म्याचमा हरमनप्रीतले अविजित ५९ रनको महत्त्वपूर्ण ईनिंग्स खेलेकी थिइन्, जसले भारतलाई सीरीजमा जीत दिलाएको थियो। सीरीज आईसीसी महिला च्याम्पियनशीपको हिस्सा थियो, जसलाई भारतले २-१-ले जितेको थियो। त्यही म्याचमा शतक (१०० रन) बनाउने देब्रे हातकी ब्याटर मन्धना ७२८ रेटिंग पोइण्ट्सको साथ चौथो स्थानमा रहन पुगिन्। अहिले उनी र तेस्रो स्थानमा रहने श्रीलंकाकी कप्तान चमारी अतापत्तूबीच केवल ५ रेटिंग पोइण्ट्सको अन्तर छ। यस तालिकामा ईंग्ल्याण्डकी नेट सिवर ब्रण्ट ७६० रेटिंग पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेकी छन्। भारतकी विकेटकीपर ब्याटर यास्तिका भाटिया तीन स्थान अघि बढ़ेर ४८औं अनि सीरीजको तेस्रो म्याचमा ८६ रनको ईनिंग्स खेल्ने न्यूजील्याण्डकी ब्रुक हेलीडे १२ स्थानको सुधार गरी २४औं स्थानमा पुगेकी छन्। भारतीय टीम अहिले आईसीसी महिला च्याम्पियनशीप तालिकामा २५ पोइण्ट्सको साथ तेस्रो स्थानमा रहेको छ। न्यूजील्याण्ड २१ वटा म्याचमा २० पोइण्ट्सको साथ छैटौं स्थानमा छ। यस तालिकामा अष्ट्रेलिया (१८ वटा म्याच) र ईंग्ल्याण्ड (२१ वटा म्याच) २८-२८ पोइण्ट्सको साथ शीर्ष स्थानमा रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement