नयाँ दिल्ली: साल २०३६-को ओलम्पिक र प्यारालम्पिक खेलहरू आयोजन गर्ने दिशामा भारतले एक कदम बढ़ाएको छ। भारतीय ओलम्पिक संघ (आईओए)-ले यस सम्बन्धमा अन्तर्राष्ट्रिय ओलम्पिक समिति (आईओसी) लाई पत्र पठाएको छ। केन्द्रीय खेल मन्त्रालय सूत्रबाट थाहालागे अनुसार, आईओए-ले आईओसी-लाई आधिकारिक रूपले भविष्यमा ओलम्पिक आयोजन गर्ने इच्छा व्यक्त गरेको छ अनि यस सम्बन्धमा आशय पत्र सुम्पिएको छ। पत्रलाई १ अक्टोबरमा सुम्पिइएको थियो। भारतले लामो समयदेखि २०३६-को ओलम्पिक आयोजन गर्ने इच्छा व्यक्त गरेको छ। प्रधानमन्त्री नरेन्द्र मोदी स्वयंले पनि धेरै मौकाहरूमा यसबारे आफ्नो विचार व्यक्त गरिसकेका छन्। यसपाली चाहिँ भारतले यस दिशामा ठूलो कदम बढ़ाएको छ। सूत्रले बताएअनुसार, यस महत्त्वपूर्ण अवसरले पूरा देशमा आर्थिक विकास, सामाजिक प्रगति र युवा सशक्तिकरणलाई प्रोत्साहित गरी पर्याप्त लाभ दिलाउन सक्छ। आईओसी-को आउँदो साल हुने चुनाउ अघि आयोजकको फसेला गर्न सकिनेछैन। भारतले आयोजक बन्ने रेसमा सऊदी अरब, कतर र तुर्किये जस्ता देशहरूबाट चुनौतीको सामना गर्नु पर्नेछ। यी देशहरूले पनि खेल महाकुम्भको आयोजन गर्न आफूलाई मजबूत दावेदारको रूपमा पेश गरिरहेको छ। आईओए अध्यक्ष पीटी उषासहित भारतका शीर्ष खेल प्रशासकहरू देशको दावेदार राख्न यस साल पेरिस ओलम्पिकमा गएका थिए। यसबाहेक भारतलाई आयोजन अधिकार हासिल भए योग, खो-खो र कबड्डी जस्ता स्वदेशी खेलहरूलाई सामेल गर्ने अपील गर्न सकिनेछ। भारतीय खेल प्राधिकरण (साई)-को मिशन ओलम्पिक सेल (एमओसी) – ले नयाँ खेलमन्त्री मनसुख माण्डवियालाई ओलम्पिक आयोजन हासिल गर्ने आवश्यक उपायहरूमाथि एउटा विस्तृत रिपोर्ट पनि पेश गरेको छ। भारतले यस साल पेरिस ओलम्पिकमा ११७ खेलाड़ीहरूका दल पठाएको थियो। यसमा भारतीय एथलीट्सले जम्मा ६ वटा पदक जितेका थिए। यसमा एउटा रजत र पाँचवटा काँस्य पदक सामेल छ। यसरी पेरिस प्यारालम्पिकमा चाहिँ भारतीय एथलीट्सले ऐतिहासिक प्रदर्शन गर्दै २९ वटा पदक जितेर रेकर्ड तोड़ेको थियो।