भोलि हुने बैठकको लागि पहाड़का विभिन्न राजनैतिक पार्टीका ट्रेड युनियनहरूका प्रतिनिधिहरू कोलकोता प्रस्थान

IMG-20241105-WA0230

खरसाङ: कोलकोतामा भोलि ६ नोभेम्बरमा हुने बैठकमा भाग लिन दार्जिलिङ पहाड़को विभिन्न राजनैतिक पार्टीहरूका ट्रेड युनियनका प्रतिनिधिहरू कोलकोता प्रस्थान गरेका छन्। समन्वय मञ्चको जम्मा ७ वटा पार्टीको ट्रेड युनियनका प्रतिनिधिहरूको १० जनाको टोली अहिले साँझ कोलकोता प्रस्थान गरेका छन्। कोलकोतामा हुने बैठकमा भाग लिनलाई दार्जिलिङ पहाड़को सातवटा पार्टीको प्रतिनिधिहरू क्रमैले भारतीय जनता पार्टीको ट्रेड युनियन-भारतीय मजदुर संघ, तृणमूल कंग्रेसको ट्रेड युनियन आईएनटीयुसी, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको ट्रेड युनियन हिल तराई डुवर्स प्लान्टेशन वर्कर्स युनियन, गोजमुमोको ट्रेड युनियन – दार्जिलिङ तराई डुवर्स प्लान्टेशन लेवर युनियन, गोरामुमोको ट्रेड युनियन हिमालयन प्लान्टेशन वर्कर्स युनियन, सीपीआईएमको ट्रेड युनियन दार्जिलिङ जिल्ला चिया बगान युनियन र क्रामाकपाको ट्रेड युनियन – दार्जिलिङ तराई डुवर्स चिया बगान मजदुर युनियन आदिको प्रतिनिधिहरू कलकोता प्रस्थान गरेको जानकारी सचिन खातीले दिएका छन्। पहाड़को चियाबारी श्रमिकहरूलाई १६ प्रतिशत बोनस मात्र दिइएको छ भने रहल ४ प्रतिशतको लागि भोलि कोलकोतामा बैठक भईरहेको छ। यसै बैठकमा भाग लिनलाई दार्जिलिङ पहाड़को सातवटा पार्टीको ट्रेड युनियनका प्रतिनिधिहरू आज साँझ कोलकोता प्रस्थान गरिरहेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement