लङ्गुरदाङ वूमेन गोल्ड कपमा जेआर ३२ गर्ल्स एफसी खरसाङ फाइनलमा प्रवेश

IMG-20241105-WA0215

दार्जिलिङ: दार्जिलिङ पुलबजार खण्डको मझुवा ग्राम पञ्चायत अधीनस्थ लङ्गुरदाङमा जारी
लङ्गुरदाङ वूमेन गोल्डकपको दोस्रो सेमिफाइनल खेल जुनियर वुई (we) दार्जिलिङ बनाम जेआर ३२ गर्ल्स एफसी खरसाङ बीचमा भिडन्त भएको थियो। जसमा जेआर ३२ गर्ल्स एफसी खरसाङले १ गोलको विरूद्ध ४ गोल गरी जुनियर वुई दार्जिलिङलाई फराकिलो अन्तरले पराजित गर्दै फाइनलमा प्रवेश गरेको छ। प्रेमकुमार छेत्रीको सभापतित्वमा तथा दार्जिलिङ पुलबजार खण्ड पञ्चायत समिति उप सभापति पेम्बा मोक्तानको अध्यक्षतामा सम्पन्न भएको खेलमा अन्यान्य अतिथिहरूको विशेष उपस्थिति रहेको थियोे। यस वूमेन गोल्डकप पहिलो एडिशनमा दार्जीलिङ पहाडबाट सीमित ६ वटा क्लबहरूले सहभागिता जनाएका थिए। गत २६ अक्टोबरदेखि शुआरम्भ भएको यस गोल्डकप प्रतियोगिताको फाइनल खेल आगामी ६ नोभेम्बर २०२४ को दिन भव्यताका साथ समापन हुनेछ भएको छ। यस वूमेन गोल्डकप पहिलो एडिसनमा विजयी दललाई नगद पुरस्कार ३० हजार सहित आकर्षक ट्रफी प्रदान गरिनेछ भने उप विजेता दललाई नगद पुरस्कार २० हजारसहित ट्रफी प्रदान गरिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement