काेलकोतामा हुने बैठक अवधि धरणा दिनलाई हिल प्लान्टेशन इम्प्लोइज युनियनको प्रतिनिधिहरू कोलकोता प्रस्थान

IMG-20241105-WA0208

खरसाङ: चियाबारी श्रमिकहरूको रहल बोनसको विषयमा छलफल गर्नलाई कोलकोतामा भोलि ६ नोभेम्बरमा हुने बैठक अवधि धरणा दिनलाई हिल प्लान्टेशन इम्प्लोइज युनियनको प्रतिनिधिहरू पनि कोलकोता प्रस्थान गरेका छन्। ६ नोभेम्बर २०२४ रहल ४ प्रतिशत बोनस विषयमा वार्ता कलकतामा हुने भएको छ। उक्त वार्ता अवधि हिल प्लान्टेशन एम्प्लोइज युनियनका कार्यकर्त्ताहरूले दिनभरि कलकतास्थित श्रम विभागको एनएस बिल्डिङ परिसरमा रहल ४ प्रतिशत बोनसको मागमा धरनामा बस्नेछन् भनी हिल प्लान्टेशन इम्प्लोइज युनियनको केन्द्रीय उपाध्यक्ष छेवाङ योञ्जनले प्रेस विज्ञप्ति जारी गरी जानकारी गराएका छन्। उनले सरकार र मालिकले २० प्रतिशत बोनस बञ्चित गर्न मिटिङ कलकतामा सारे तापनि हामी पूर्ण ऊर्जाका साथ दिनभरि धरनामा हुनेछौं भनी बताएका छन्। उनले मंगलबार बताए अनुसार अहिले ६हामी विभिन्न स्टेशनबाट ट्रेन चढिसकेका छौँ। उनले कलकत्तामा भएका हाम्रा साथी भाई, आफ्नतगण, प्रियजन, शुभचिन्तकहरू, समर्थकहरू साथै चियाबारी र चिया श्रमिकहरूको अधिकारका पक्षमा हुनु हुने सम्पूर्णलाई बुधबार श्रम विभागको एनएस भवन परिसरमा आइदिने अनुरोध पनि गरेका छन्।

उनले हिल प्लान्टेशन इम्प्लोइज युनियनको प्रतिनिधिहरूले चियाबारी श्रमिकहरूको बोनस बीस प्रतिशत हुनुपर्छ भन्ने मांगमा अडिग रहेको र यस विषयमा राखिएको वार्ताको समयमा धरणा दिने बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement