इन्डोनेसियामा ज्वालामुखी विष्फोट, १० जनाको मृत्यु

00-1-Volcano

पूर्वी इन्डोनेसियामा सोमबार बिहान भएको ज्वालामुखी विष्फोटका कारण १० जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन्। इन्डोनेसियाली ज्वालामुखी तथा भूविज्ञान प्रकोप न्यूनीकरण केन्द्र (पीभीएमजी) का अनुसार पूर्वी नुसा टेङ्गारा प्रान्तको फ्लोरेस टापुमा अवस्थित माउन्ट लेभोतोबी लाकी-लाकी स्थानीय समय अनुसार राति ११:५७ मा विष्फोट भएको थियो। पीभीएमजीका प्रवक्ता हादी विजयाले आगोको लाभा र चट्टानहरू खाडलबाट करिब ४ किलोमिटर (दुई माइल) टाढाका गाउँहरूमा पुगेर स्थानीय मानिसहरूको घरमा आगो र क्षति पुर्याएको बताए। स्थानीय अधिकारीका अनुसार विस्फोटबाट सात गाउँ प्रभावित भएका छन्। प्रत्यक्षदर्शीहरूले बीबीसी न्यूजसँग भिडियो फुटेज साझा गरेका छन् जसमा मानिसहरू ज्वालामुखीको खरानी, ​​चट्टानका टुक्राहरू र घरहरू जलेको देखाइएको छ। इन्डोनेसिया देश प्यासिफिक “रिङ अफ फायर” मा अवस्थित छ। यो धेरै टेक्टोनिक प्लेटहरू माथि उच्च भूकम्पीय गतिविधि भएको क्षेत्र हो। यसमा लगभग १३० सक्रिय ज्वालामुखीहरू छन्। ज्वालामुखीबाट निस्केको माटो खेतीपातीका लागि उर्वर हुने भएकाले धेरै समुदायहरू खेतीपातीका लागि उनीहरू नजिकै बस्छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement