बाघमारा बस्तीमा मोहित भुजेलको प्रस्तुतिसितै नृत्य र गायन प्रतियोगिता सम्पन्न

IMG-20241105-WA0199

खरसाङ: खरसाङ खण्ड अन्तर्गत तीनधारे महानदी समष्टिको सिविटार अन्तर्गत बाघमारा बस्तीमा तिहारको अवसरमा सांस्कृतिक र सांगीतिक कार्यक्रम सम्पन्न गरिएको छ। ग्राम सुधार समिति बाघमारा गोदामटारको आयोजनामा तिहारभरि विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो भने अन्तिम दिन राती सांगीतिक साथै सांस्कृतिक कार्यक्रम आयोजना गरिएको छ। यस क्रममा नेपाल आईडलको मञ्चमा फाइनलसम्म पुगेका मोहित भुजेलले विशेष प्रस्तुति दिएका थिए भने उनले नेपाल आईडलको मञ्चमा सहयोग गर्ने सबैप्रति आभार प्रकट गरेका छन्। उनीबाहेक स्थानीय र अन्य विभिन्न गाउँहरूका नानीहरू र युवाहरूलाई लिएर नृत्य प्रतियोगिता अनि गायन प्रतियोगिता आयोजना गरिएको थियो। नृत्य प्रतियोगितामा निर्णायकको रूपमा उदिप तामाङ र योगिता तामाङ उपस्थित रहेका थिए। त्यसरी नै गायन प्रतियोगितामा निर्णायकको रुपमा चन्दन लेप्चा र गायक नरेश राई उपस्थित रहेका थिए। उक्त नृत्य प्रतियोगितामा धेरैजनाले सहभागिता जनाएका थिए जुन प्रथम हुन सफल भएका छन् अवन्तिका लामा, दोस्रो अन्शिका लेप्चा, तेस्रो प्रतिज्ञा छेत्री र चौथो आश्मा छेत्री भएका थिए। त्यसरी नै गायन प्रतियोगितामा प्रथम तीनधारे चियाबारीका अमीर तामाङ, दोस्रो सिमरिङ निवासी दिपेस तामाङ, तेस्रो अमीर राई, चौथो महानदी निवासी आनन्द तामाङ, पाँचौ सक्षम मंगर, छैटौं रिवाज छेत्री र सातौंमा अमन लेप्चा भएका थिए। कार्यक्रमलाई ग्राम सुधार समिति बाघमारा गोदामटारको सभापति बिनोद तामाङले सञ्चालन गरेका थिए। कार्यक्रममा दिलिप सुब्बाले गीत गायन प्रस्तुत गरेका थिए भने निर्णायक उदिप तामाङले नृत्य प्रस्तुत गरेका थिए। यसै कार्यक्रममा स्थानीय पाल्देन लामाले नेपाल आईडलको फाइनलसम्म पुगेका मोहित भुजेललाई ग्राम सुधार समितिको तर्फबाट पाँच हजार रुपियाँको सहयोग प्रदान गरेका थिए। कार्यक्रममा स्थानीय लगायात वरिपरिका विशिष्ट व्यक्तिहरू उपस्थित रहेका थिए। कार्यक्रमलाई महानदी ग्राम पञ्चायतको पञ्चायत सदस्य राजीव तामाङले सम्बोधन पनि गरेका थिए। ग्राम सुधार समिति बाघमारा गोदामटारको आयोजनामा तिहारको अवसरमा सांस्कृतिक देऊसी कार्यक्रम साथै गाउँमा मनोरञ्जनात्मक कार्यक्रमहरू पनि गरिएको थियो। गाउँमा जातीय घर बनाएर तिहारको चार पाँच दिनक लागि विभिन्न कार्यक्रमहरू आयोजना गरिएको थियो।

यस क्रममा लिङ्गे पिङ्ग पनि राखिएको थियो। अन्तिम दिनको कार्यक्रममा अतिथिको रूपमा पञ्चायत सदस्य राजीव तामाङ लगायत जितेन्द्र तामाङ, मिकमा लामा, जनक छेत्री, मणिकुमार सुब्बा, पाल्देन लामा, सुरेन तामाङ साथै अन्यहरू उपस्थित रहेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement