सिक्किममा श्रीअन्नबारे जागरूकताका साथै उत्पादन बढाउन नेरामेकद्वारा प्रोत्साहन कार्यक्रम सम्पन्न

unnamed-7

गान्तोक: भारत सरकारको पूर्वोत्तर क्षेत्र विकास मन्त्रालय अन्तर्गत केन्द्रिय उद्यम उत्तरपूर्वी क्षेत्रीय कृषि विपणन  निगम (नेरामेक)द्वारा “भारतमा श्रीअन्नलाई प्रोत्साहन” कार्यक्रम आयोजन गरियो। कार्यक्रमको उद्देश्य जागरूकता फैलाउनका साथै श्रीअन्न खपत गर्नुको फाइदाबारे प्रोत्साहित गर्दै कृषकहरूद्वारा यसको व्यापक उत्पादनको निम्ति अनुकूल प्रभाव सिर्जना गर्नुरहेको थियो। कार्यक्रममा नेरामेकका प्रबन्ध निर्देशक सेवानिवृत कमोडोर राजीव अशोकले सिक्किमको कृषि विभागका अधिकारी, कृषक, उद्यमी लगायत अन्य प्रतिभागीलाई स्वागत जनाउँदै सुपरफूड वा महापोषक श्रीअन्नका फाइदाहरूबारे प्रकाश पारे, जुन पोषणले भरिपूर्ण हुनका साथै कम ग्लाइसेमिक इण्डेक्स हुनका कारण चामलको विकल्पका रूपमा प्रयोग गर्नसकिने कारणबारे अवगत गराए। विगत केही वर्षदेखि भारत सरकारले यसको उत्पादन बढाउन प्रोत्साहन गरिरहेको उल्लेख गर्दै विश्वले पनि २०२३ मा यसलाई अन्तरराष्ट्रिय श्रीअन्न वर्षका रूपमा मान्यता प्रदान गरेको र नेरामेकले भारतको यस स्वर्णिम अन्नलाई सिक्किमको घर-घरमा लोकप्रिय बनाउने पहल शुरु गरेको बताए।

सामान्यतः नेरामेकले कृषि अनि बागवानी क्षेत्र लगायत विशेष रूपमा स्वस्थ भविष्यको निम्ति श्रीअन्न प्रोत्साहित गर्ने दिशामा गरिरहेको प्रयासबारे पनि उनले प्रकाश पारे। नयाँ पिँढीले यसलाई “गरीबहरूको खुराक” भनी अदेखा गर्ने यस अन्नले हाल विश्वको ध्यान आकर्षिक गरिरहेको र यसलाई प्रोत्साहित गर्ने गति कायम गर्न आवश्यक रहेको उनले बताए। यसका साथै खाद्य सुरक्षा, कृषि विविधता तथा यसको पोषण गुणका लागि श्रीअन्नको संरक्षण र प्रोत्साहन आवश्यक रहेको उनले बताए।

कार्यक्रममा सिक्किम सरकारको कृषि विभागका प्रधान निर्देशक राजेन थापाले मुख्य अतिथिका  रूपमा बोल्दै दैनिक आहारमा श्रीअन्न सामेल गर्न आवश्यक रहेको कुरा प्रकाश पारे। सिक्किममा हाल श्रीअन्नको उत्पादन सीमित रहेको उल्लेख गर्दै उनले पुराना लोकोक्ति “यदि जमीनले केही सहयोग गर्नसक्दैन भने यसले श्रीअन्नलाई सहयोग गर्दछ” भनी दोहोऱ्याए।

यस लोकोक्तिले यो बाली रुखो प्रकृतिको हुने भए तापनि यसमा प्रचुर मात्रामा प्रोटिन, आइरन, फाइबर, कम ग्लाइसेमिक इण्डेक्स हुने हुँदा यसको खेती गर्ने चलनलाई व्यापकता दिन आवश्यक रहेको बताए। यसको उब्जनी बढाउन बाँझो भूमिका साथै अन्य फसलसँग मिसाएर खेती गर्नसकिने उनले बताए। यसका साथै श्रीअन्नको खपत अनि सेवन बढाउने दिशामा नेरामेकले शुरु गरेको प्रयासको पनि सराहना गरे।

कार्यक्रममा सिक्किम सरकारको बागवानी विभागका निर्देशक बीएल दाहाल, नाबार्डका सहायक प्रबन्ध निर्देशक तेम्पा सी भोटिया लगायत अन्यको पनि उपस्थिति रहेको थियो। कार्यक्रममा आम जनमानसमा जागरूकता अनि बिक्रीका लागि श्रीअन्नका उत्पादहरूका पसलहरू पनि सजाइएको थियो। भारत सरकारको कृषि तथा कृषक कल्याण मन्त्रालयको सहयोगमा कार्यक्रम आयोजन गरिएको थियो। -पीआईबी

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement