वेष्ट इण्डिजविरुद्ध टी२० सीरीजको निम्ति ईंग्ल्याण्ड टीमको घोषणा

IMG-20241105-WA0194

नयाँ दिल्ली: कप्तान जोस बटलर चोटमुक्त भएर फर्किए पनि ईंग्ल्याण्डका स्टार ब्याटर फिल सल्टले वेष्ट इण्डिजविरुद्ध आउँदो टी२० सीरीजमा विकेटकीपिंग गर्नेछन्। बटलर चोटले गर्दा अष्ट्रेलियाविरुद्ध सीमित ओभरहरूका सीरीज खेल्नदेखि चुकेका थिए, जहाँ ईंग्ल्याण्डले टी२०आई सीरीज ड्र गरे पनि वनडे सीरीज मामूली अन्तरले गुमाएको थियो। बटलरको अनुपस्थितिमा सल्ट र ह्यारी ब्रूकले क्रमशः टी२०आई र वनडे टीमको कप्तानी गरेका थिए। ईंग्ल्याण्ड र वेष्ट इण्डिजबीच बारबाडोसमा खेलिने तेस्रो वनडे म्याच अघि फिल सल्टले उनले हालै ईंग्ल्याण्डको निम्ति अधिक विकेटकीपिंग नगरेको बताए। उनले भने, मैले हालमा अधिक विकेटकीपिंग गरेको छुइनँ तर मलाई विकेटकीपिंग गर्नु मन पर्छ। यसको साथ म टीममा अधिक योगदान दिन सक्छु। उल्लेखनीय छ, सल्टले तीनैवटा प्रारूपमा ईंग्ल्याण्डको निम्ति ५९ वटा म्याच खेलेर १३ वटा म्याचमा विकेटकीपिंग गरेका छन्। उनलाई वेष्ट इण्डिजविरुद्ध जारी वनडे सीरीजमा पनि विकेटकीपरको भूमिका दिइएको छ।
रिपोर्ट अनुसार, बटलरले केन्सिंग्टन ओवलमा अभ्यास शुरु गरेका छन्। जारी वनडे सीरीजमा खेल्न नसके पनि ३४ वर्षीय यस क्रिकेटरलाई पाँचवटा म्याचको टी२० सीरीजमा ईंग्ल्याण्ड टीमको कप्तानी गरिरहेको देखिनेछ। जूनमा
टी२० वर्ल्ड कपको सेमिफाइनलमा हारपछि बटलर पहिलोपल्ट अन्तर्राष्ट्रिय म्याच खेल्न मैदानमा ओर्लिनेछन्। वेष्ट इण्डिजविरुद्ध पहिलो दुईवटा वनडे म्याचमा सल्टले ७७ रन बनाएका छन्। वनडे सीरीज अहिले १-१-को बराबरीमा रहेको छ। तेस्रो वनडे बुधवार केन्सिंगटन ओवलमा खेलिनेछ। त्यसपछि वनडे सीरीज ९ नोभेम्बरदेखि शुरु हुनेछ।
ईंग्ल्याण्डको टी२० टीम यसप्रकार छः
जोस बटलर (कप्तान), जोफ्रा आर्चर, जेकब बेथेल, जाफर चौहान, सेम कुरेन, विल ज्याक्स, लियाम लिविंगस्टोन, साकिब महमूद, डेन मूसली, जेमी ओवरटन, आदिल राशिद, फिल सल्ट, रीस टोप्ले, जन टर्नर

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement