घरभित्र एउटै डोरीमा झुण्डिएको अवस्थामा बाबु र छोरीको शव भेटियो

IMG-20240629-WA0057-copy

जलपाईगढी: मंगलबार बिहान धुपगढी डिभिजनको उत्तरी खट्टीमारी बेलतली क्षेत्रमा बाबु र छोरीको झुण्डिएको शव फेला परेपछि क्षेत्रमा हलचल मच्चियोl  मृतक बाबुको नाम बादल रोय (३४) र छोरीको नाम काया रोय (११) बताइएको छ। धेरै वर्षअघि उनकी श्रीमती बादल रोयलाई छाडेर गएको बताइएको छ। त्यसयता बादल रोय आफ्नी कान्छी छोरीसँग घरमा बस्दै आएका थिए। पेशाले दैनिक ज्याला मजदुरी गर्ने बादल रोय श्रीमतीको बिदाइपछि मानसिक रुपमा विचलित भएका थिए। सबै राम्रै चलिरहेको थियो। तर आज बिहानदेखि बादल रोयको घरबाट कुनै प्रतिक्रिया आएन। त्यसपछि स्थानीयले बादल रोय र उनकी छोरीलाई बोलाए। तर कुनै जवाफ आएन। यसपछि बाबु र छोरी एउटै डोरीमा झुण्डिएको देखेl सूचना पाएलगत्तै धुपगढी पुलिसले घटनास्थलमा गएर दुवै शवलाई निकालेर धुपगुरी डिभिजन अस्पतालमा ल्याए। बाबु छोरीले मानसिक अवसादका कारण आत्महत्या गरेका हुन् वा यसको पछाडि अरु घटना लुकेको छ भन्ने विषयमा धुपगढी थानाको पुलिसले अनुसन्धान शुरु गरेको छ। शवलाई पोस्टमार्टमका लागि जलपाईगढी मेडिकल कलेज र अस्पतालमा पठाइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement