कोचबिहार: मंगलबार बिहान माथाभाङ्गा डिभिजनको चैतन्य हाटमा रहेको राष्ट्रिय राजमार्ग नम्बर ३१ मा एक मोटरसाइकल र ट्याक्टर ठोक्किँदा मोटरसाइकल चालक देबु सरकारको घटनास्थलमै मृत्यु भएको छ। यता, यति धेरै सचेतना अभियान चलाउँदा पनि सडक दुर्घटनामा कमी नआएको स्थानीयको गुनासो छ। घटनापछि आक्रोशित सर्वसाधारणले केहीबेर सडक अवरुद्ध गरे। पुलिसले दुर्घटनाको अनुसन्धान शुरु गरेको छ।