कोशी प्रदेशमा दसैं र तिहारको अबधिमा ५ सय ८२ वटा दुर्घटना हुँदा ३४ जनाको मृत्यु

IMG-20241105-WA0113

इटहरी: कोशी प्रदेशमा ठूला चाडपर्व दसैं र तिहारको अवधिमा ५ सय ८२ वटा दुर्घटना भएका छन्।
पछिल्लो १ महिनाभित्रमा दुर्घटनामा परेर ३४ जनाको मृत्यु भएको छ। अक्टूबर ३मा दसैंको घटस्थापनादेखि नवंबर ३सम्मा तिहारको भाइटीकासम्ममा दुर्घटनामा परेर १ बालकसहित २८ पुरुष र २ बालिकासहित ६ जना महिलाको मृत्यु भएको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले जनाएको छ। कार्यालयका अनुसार १४ जिल्ला रहेको प्रदेशमा सबैभन्दा धेरै झापामा १२ जनाको मृत्यु भयो। दुर्घटनामा परेर मोरङमा ७, सुनसरीमा ६, उदयपुर, संखुवासभा र खोटाङमा २।२, धनकुटा, ताप्लेजुङ र सोलुखुम्बुमा १।१ जनाको मृत्यु भएको छ।
तेह्रथुम, इलाम, पाँचथर, भोजपुर र ओखलढुंगामा दुर्घटना भएपनि मानवीय क्षति भएन। चाडपर्वको अवधिमा प्रदेशभरि दुर्घटनामा परेर ८० जना गम्भीर र ९ सय ६१ जना सामान्य घाइते भएका छन्। दुर्घटनामा २ वटा चौपायाको मृत्यु भएको छ। एउटा घाइते भएको छ।
मोरङमा सबैभन्दा धेरै २ सय ७ वटा दुर्घटना भएका छन्। झापामा १ सय ६०, सुनसरीमा १ सय ३८, उदयपुरमा २८, धनकुटामा १८, तेह्रथुममा ६, भोजपुर र ओखलढुंगामा ५।५, खोटाङमा ४, संखुवासभा, पाँचथर र सोलुखुम्बुमा ३।३, इलाम र ताप्लेजुङमा १र१ वटा दुर्घटना भएका हुन्।
दसैं र तिहारभित्रमा ८ सय ६४ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। सबैभन्दा धेरै ५ सय १३ वटा मोटरसाइकल दुर्घटनामा परेको ट्राफिक प्रहरीले जनाएको छ। १ सय १७ वटा टेम्पो, १ सय ५ वटा जीप तथा कार, ५८ वटा साइकललगायतका शारीरिक शक्तिबाट चल्ने सवारीसाधन, ३० वटा बस, १६ वटा ट्याक्टर, १३ वटा ट्रक, ७ वटा टिपर, २ वटा माइक्रो, २ वटा अन्य र १ वटा लोडर तथा स्काभेटर दुर्घटनामा परेका छन्।
मोरङमा सबैभन्दा धेरै ३ सय २१ वटा सवारीसाधन दुर्घटनामा परेका छन्। झापामा २ सय २८ र सुनसरीमा २ सय ९ वटा तथा सबैभन्दा कम इलाम र ताप्लेजुङमा १र१ वटा सवारीसाधन दुर्घटनामा परेका छन्।
ट्राफिक प्रहरीले चाडपर्वलाई लक्षित गरेर यात्रुको सहयोगका लागि ‘यात्रु सहायता कक्ष’ समेत सञ्चालनमा ल्याएको थियो। कोशी प्रदेशका ट्राफिक प्रहरी प्रमुख एसपी विनोद घिमिरेले दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले काम गरिरहेको जानकारी दिए।
चालकलाई प्रशिक्षण दिनेदेखि जनचेतनामूलक कार्यक्रमलाई समेत तीव्र पारिएको उनको भनाइ छ। एसपी घिमिरेका अनुसार सबैभन्दा धेरै दुर्घटना तीव्र गति, मादक पदार्थ सेवन (मापसे), यान्त्रिक गडबढी र चालकको लापरबाहीले भएको पाइएको छ।

मापसे गरेर सवारीसाधन चलाउँदा भित्री सडक खण्डमा धेरै दुर्घटना भएको पाइएको उनले बताए। उनका अनुसार सवारीसाधनको तीव्र गति नियन्त्रणका लागि ट्राफिक सक्रियता बढाइएको छ। नियम उल्लंघन गर्ने सवारीसाधनलाई कारबाहीको दायरामा ल्याउने गरिएको उनको भनाइ छ।भाडाका सवारीसाधनमा ‘टाइम कार्ड’ लागू गर्ने विषयमा छलफल भइरहेको उनी बताउँछन्। ‘बढ्दो दुर्घटनालाई मध्यनजर गर्दै ट्राफिक प्रहरीले विभिन्न कार्यक्रमहरु गरिरहेको छ,’ एसपी घिमिरे भन्छन्, ‘दुर्घटना न्यूनीकरणका लागि सबै पक्षको साथ र सहयोग आवश्यक छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement