पोखरा: नेपाल प्रिमियर लिग (एनपिएल) को पहिलो संस्करणमा इङ्ग्ल्याण्डका अलराउन्डर म्याट क्रिचलीले पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्।
पोखराले चौथो विदेशी खेलाडीको रुपमा म्याटलाई टोलीमा अनुबन्ध गरेको हो । चार विदेशी खेलाडीको न्युनतम कोटा पूरा गर्ने पोखरा पहिलो टोली हो।
पोखराले पहिलो विदेशी खेलाडीमा अमेरिकाका क्रिकेट आन्द्रेस गौस, दोस्रो खेलाडीमा नेदरल्याण्ड्सका अलराउण्डर बास डि लिडे तथा तेस्रो खेलाडीका रुपमा वेस्ट इन्डिजका एन्डरसन फिलिपलाई अनुबन्ध गरेको थियो।
२८ वर्षिय म्याटले १ सय ४१ टि ट्वान्टी खेलमा १ हजार ९ सय ७३ रन तथा १ सय २० विकेट लिएका छन्। अक्टूबर ६मा नेपाली खेलाडी छनोटका लागि भएको अक्सनमा पोखरा लगायत टोलीले समान १० खेलाडी अनुबन्ध गरेका थिए।