सोनादा: सिडर्स चियाबारीको दुईवटा डिभिजनको श्रमिकहरूद्वारा आजदेखि म्यानेजर बङ्गलो अघि गेट मिटिङ गरेका छन्। उक्त गेट मिटिङको सञ्चालन पुरण सुन्दासले गरेका थिए भने श्रमिकहरूको तर्फबाट आरती राई, पुकार राई, विमाला मोथेले आफ्नो वक्तव्य राखेका थिए। गेट मिटिङमा आजसम्म यहाँको श्रमिकहरूको दैनिक रोज नदिएको कारण दुईवटा डिभिजनको श्रमिकहरूले आजदेखि आन्दोलन शुरु गरेका छन्। आजको गेट मिटिङमा श्रमिकहरूको पक्षबाट जबसम्म दैनिक वेतन दिँदैन आजदेखि पत्ति नटिप्ने निर्णय लिइयो। सम्पूर्ण श्रमिकहरूले मार्स पिटिशन गरेर म्यानेजरलाई बुझाएका छन्।
त्यसरी नै दार्जिलिङ अर्ग्यानिक टि प्राइवेट लिमिटेडले चिया श्रमिकहरुको वेतन नदिएकोले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका भातृ सङ्गठन हिल तराइ डुवर्स प्लान्टेशन वर्कर्स युनियनले धर्ना प्रदर्शन शुरु गरेको छ। चियाबारीमा वेतन नपाएको समयमा पत्रकारहरूसित कुराकानी गर्दै चियाबारीको एकजना श्रमिकले हामीले काम गरेको खर्च नदिएको कारणले हामीलाई धेरै कुरामा असुविधा भईरहेको छ भनी बताएका छन् । उक्त श्रमिकले वेतन नपाएको कारणले गर्दा हामीलाई खानु र पिउनुमा कठिनाई परिरहेको छ, नानीहरूलाई पढ़ाउनु कठिनाई परिरहेको छ बताइन्। तिनले बताएअनुसार हामीले बगानमा राम्रोसितले काम गरिहेको भएपनि के कारणले खर्च नदिएको हो याद नभएको र मालिक पक्षले हामीले काम गरेको खर्च झट्टै दिनुपर्ने मांग पनि गरिन्।