काठमांडू: नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा आजसम्म कायम सेयरधनीहरुले लिबर्टी इनर्जी र बलेफि हाईड्रोपावरको हकप्रद पाउने भएका छन्।
कम्पनीले हकप्रद निष्कासन प्रयोजनका लागि भोलि(नवंबर ६)एक दिन बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै कम्पनीको हकप्रदमा आवेदन दिन योग्य हुनेछन्।
लिबर्टी इनर्जीले ५० प्रतिशत अर्थात १ः०.५ अनुपातमा हकप्रद निष्कासन गर्नेछ।
त्यस्तै बलेफि हाईड्रोपावरले हाल कायम चुक्तापूँजी १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँबराबरको प्रतिसेयर रु.१०० अंकित दरका १ करोड ८२ लाख ७९ हजार ७ सय कित्ता साधारण सेयरको १ः१ अनुपातमा हकप्रद सेयर जारी गर्नेछ।