गोरामुमोद्वारा बृद्ध बेसहारालाई सहयोग

दार्जीलिङ: पुनलबिजनबारी समष्टि अन्तर्गत कैजले ग्राम पन्चायत वार्ड नम्बर ८ मा एक बृद्ध बेसहारा महिलालाई गोरामुमोले सहयोग प्रदान गरेको पार्टीका मिडिया सेल प्रभारी दिनेस साम्पाङले जानकारी दिएका छन्। लाटी माम भनेर चिनिने उनलाई देखरेख गर्ने कोहि नभएको बेसहारा रहेको कारण समष्टि गोरायुमो अध्यक्ष अमोद लकाम्द्रीले गोरामुमो केन्द्रीय समिति प्रवक्ता वाई लामालाई सुचना दिएपछि वाई लामाको नेतृत्वमा गोरामुमो केन्द्रीय समिति सदस्य किशोर राई, गोरायुमो केन्द्रीय समिति संयोजक संजोक गुरुङले कैजले भ्रमण गरि बेसहारा लाटी मामलाई भेटघाट गरेका छन्। उनको हालखबर बुझ्दै उनको घर पनि निरीक्षण गरेका छन्। यसैक्रममा बिधायक निरज जिम्बा द्वारा सहयोगको लत्ताकपडा अनि तारपोलिनको सहयोग प्रदान गर्दै उनलाई खाद्य सामाग्री पनि प्रदान गरेको मिडिया मार्फत वाई लामाले जानकारी दिएका छन्। उनले जनाएर अनुसार बृद्ध मामको घर जिर्ण अवस्थामा रहेको र छाना सबै चुहुने भएको कारण बृद्ध माम छाता ओडेर सुत्न बाध्य रहेको पनि जानकारी गराउदै आज हामीले उनको घरमा तारपोलिन लगाएका छौं, यस सहयोगको निम्ति बिधायक निरज जिम्बा प्रति आभार व्यक्त गर्दछौं। घर मर्मतीको बिजनबारी हस्पिटल लाइनका युवाहरु पेमा तामाङ अनि अमोद लकान्द्रीको नेतृत्वमा बृद्ध मामको घर मर्मती गर्ने कार्य गरिदिएकोमा वाई लामाले युवाहरुलाई धन्यवाद दिएका छन्। बृद्ध मामको घरमा बिजुली बत्ती उनलाई धेरै असुविधा भएको कारण सम्बन्धित बिभागहरुले सरकारको विभिन्न योजनाहरु मार्फत बृद्ध मामलाई खण्ड बिकास अधिकारीलाई सहयोगको निम्ति अपिल समेत गरेका छन्।वाई लामाले अन्य राजनैतिक दल लगायत विभिन्न संघ संस्थाहरुले पनि बेसहारा बृद्ध मामलाई सहयोग गरिदिने अपिल गर्दै भने, हामीले आफ्नो क्षमता अनुसार सहयोग पुर्‍याएका छौं सबैले सहयोग पुर्‍याए बृद्ध मामलाई जीवन यापन गर्न सजिलो हुन्छ र यो एउटा धर्म पनि हो भनी वाई लामाले जनाएका छन्।

About Author

Advertisement