धनगढ़ी: धनगढीका थप ५७६ पोलमा स्ट्रिप लाइट जडान हुने भएको छ। मोहनापुल-अत्तरिया ६ लेन सडकसहितका ३१६ पोलमा स्ट्रिप लाइट जडान गरेको उपमहानगरपालिकाले थप ५७६ पोलमा स्ट्रिप लाइट जडान गर्ने भएको हो।
धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’का लागि ८० लाख बजेट विनियोजन गरेको छ। धनगढीका नयाँ सडकहरु झिलिमिली हुने भएका हुन्। सहर सौन्दर्यीकरण अन्तर्गत स्मार्ट स्ट्रिट लाइट जोडेको पोलमा स्ट्रिप लाइट लगाइने भएको हो।
धनगढी उपमहानगरपालिकाले ‘उज्यालो धनगढी’ अभियान अन्तर्गत स्मार्ट स्ट्रिट जडान गरेका सबै पोलहरूमा स्ट्रिप लाइट जडान गर्ने भएको हो। नगरलाई सुन्दर र उज्यालो बनाउनको लागि स्ट्रिप लाइट जडान गरिने भएको धनगढी उपमहानगरपालिकाले बताएको छ। हालसम्म धनगढी-अत्तरिया ६ लेन सडक र क्याम्पस चोक–जनआवाज चोकसम्मका २४० पोल र १६० ट्री–गार्डमा स्ट्रीप लाइट जडान गरेको छ। अब उपमहानगरले क्षेत्रीय सहरीले निर्माण गरेको धनगढीका सबै सडकका थप ५७६ पोलमा स्ट्रिप लाइट जडान गरिने विद्युत् शाखा प्रमुख इन्जिनियर किसनकुमार शाहले बताए।