नाम्ची: स्पोर्ट्स अथोरिटी अफ् इण्डिया (साई) ले १२-१६ उमेर वर्गको निम्ति नाम्चीस्थित साई एसटीसी सेन्टरमा चयन परीक्षण आयोजना गर्ने भएको छ। यद्यपि, मेधावी व्यक्तिहरूलाई उमेरमा छुट प्रदान गर्न विचार गरिने बताइएको छ।
चयन परीक्षण आवासीय र गैर आवासीय वर्गको निम्ति गरिने छ। साई कम्प्लेक्समा आर्चेरी (१२-१६ वर्ष), भाइचुङ स्टेडियमको बक्सिङ हलमा बक्सिङ (१२-१६ वर्ष), भाइचुङ स्टेडियममा फुटबल (१२-१४ वर्ष), भाइचुङ स्टेडियमको इन्डोर हलमा ताइक्वाण्डो (१२-१६वर्ष) हुनेछ।उक्त चयन परीक्षण आगामी २३ देखि २५ नोभेम्बरसम्म साई, एसटीसी सेन्टर र भाइचुङ स्टेडियममा सम्पन्न गरिने छ। खेलाड़ीहरूले जन्म प्रमाणपत्र, खेलकुद प्रमाणपत्र, दुईवटा पासपोर्ट साइजको फोटो, शैक्षिक योग्यता प्रमाणपत्र, आवासीय प्रमाणपत्र, मेडिकल फिटनेश सर्टिफिकेटको मूल र विधिवत प्रमाणित फोटोकपी लिएर आउनु पर्नेछ।