मेधावीले शुरू गर्‍यो फार्मेसी अनि बीएस्सी नर्सिङ

IMG-20241104-WA0214

गान्तोक: मेधावी स्किल्स् युनिभर्सिटीको पहलमा आज राजधानीस्थित चिन्तन भवनमा आयोजित मेधावी कलेज फार्मेसी र मेधावी कलेज अफ बीएससी नर्सिङ उद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्यालयका मुख्य सचिव ओएसडी एसडी ढकाल मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रमको विषयवस्तु “विकसित भारतको लागि सपना र भविष्य निर्माण गर्ने सशक्तीकरण” थियो, जसमा बीएससी नर्सिङको मेधावी कलेजको पहिलो ब्याचले आफ्नो शैक्षिक यात्राको शुरुवातको अवसरमा शपथ ग्रहण गरे। एमएसयूले आफ्नो पाठ्यक्रमलाई नयाँ उचाइमा पुर्‍याउँदै प्रतिष्ठित संस्थाहरूसँग समझदारी ज्ञापन (एमओयू)मा हस्ताक्षर गरेर महत्त्वपूर्ण छलाङ मारेको छ। साझेदार संस्थाहरूमा लजिगनोट्स,ट्रान्सोर्ज इन्फोर्मेसन सोल्युसन प्राइभेट लिमिटेड, महेन्द्र रिसोर्ट लगायत अन्य संस्थानहरू आबद्ध रहेका छन्। आफ्नो सम्बोधनमा ढकालले विशेष गरी तीव्र प्राविधिक विकासको सामना गर्दै आगामी पुस्ताको भविष्य निर्माण गर्न सीप विकासको महत्वपूर्ण भूमिकामाथि जोड दिए। उनले भारतको कृषि र बागवानी क्षेत्रहरूमा वृद्धि गर्न यी सीपहरू प्रयोग गर्ने सुझाउ दिएका छन्। ढकालले बुनाई, काठ नक्काशी र कढाई जस्ता परम्परागत सीपहरू संरक्षण गर्न आवश्यक रहेको विषयमाथि जोड दिँदै एमएसयुको कार्यक्रमहरूमा समावेश गरी सम्पदा र पैतृक ज्ञानको कदर गर्न प्रोत्साहित गरे। उनले एमएसयूलाई उनीहरूको नयाँ पहलका लागि बधाई दिँदै, ढकालले नर्सिङका अतिरिक्त हेरचाहकर्ताहरूका लागि सीप प्रशिक्षण समावेश गर्न आफ्नो पाठ्यक्रम विस्तार गर्न सुझाव दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement