सरमसा गार्डनमा महाराज अग्रसेन जयन्ती उत्सव

IMG-20241104-WA0213

गान्तोक: सिक्किम अग्रवाल कुटुम्बको ब्यानरमा आयोजित महाराज अग्रसेन जयन्ती उत्सव स्थानीय सरमसा गार्डनमा सम्पन्न यो। कार्यक्रमले सिक्किमका परिवारहरूलाई एकसाथ ल्याउन सफल भएको थियो। भ्रातृत्व, एकता र सामुदायिक भावनाको प्रतीकका रुपमा कार्यक्रम आयोजन गरिएको हो। यस क्षेत्रका लगभग हरेक परिवारका सदस्यहरूको सहभागिता रहेको कार्यक्रमले समुदायका सदस्यहरूबीचको सम्बन्धलाई मजबुत पार्दै एउटा भव्य पारिवारिक पुनर्मिलन आयोजन गर्न सफल भएको थियो। उत्सवमा रोमाञ्चक खेलहरूदेखि लिएर अन्तरक्रिया सत्र राखिएको थियो। जसमा सबै उमेर समूहहरूलाई संलग्न गराउन सफल भएको थियो। अध्यक्ष पवन कुमार अग्रवालको नेतृत्वमा भएको कार्यक्रमले समाजलाई सन्देश पनि दिएको थियो। यो उत्सव समुदायको एकताका लागि आयोजित गरिएको जानकारी दिएको छ। यस वर्षको महाराज अग्रसेन जयन्तीलाई सबैका लागि अवस्मरणीय अवसर बनाउने प्रयास गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement