पुस्तक लोकार्पण र सम्मान कार्यक्रम सम्पन्न

IMG-20241104-WA0212

बुद्ध शान्ति: घर दलान साहित्य बुद्ध शान्तिको आयोजनामा साहित्यकार गणेश निरौलाको अध्यक्षता र मदन पुरस्कार विजेता साहित्यकार कृष्ण धराबासीको प्रमुख आतिथ्यतामा आज ११६औं देवकोटा जयन्ती भव्य र सभ्य रुपमा सम्पन्न भयो। उक्त कार्यक्रममा साहित्यकार जयप्रसाद भण्डारीको आकाश वेली नामक कविता संग्रहको लोकार्पण कार्यक्रममा छ जना स्रष्टा डा. पुण्यप्रसाद सिग्देल, डा. ठाकुरप्रसाद पोखरेल, डा. भानुभक्त पोखरेल,डा. जितबहादुर तामाङ, डा. गंगाप्रसाद अधिकारी र प्राज्ञ पवनकुमार राजवंशी सम्मानित भएकाछन। शान्तिनगरको राम जानकी मन्दीरमा भएको उक्त कार्यक्रममा विभिन्न साहित्य अनुरागी, साहित्यकारहरुको उपस्थिति रहेको थियो। साहित्यकार पुरुषोत्तम ढुङगेलले संचालन गरिएको सो कार्यक्रममा स्थानीय श्रष्टाहरुले कविता वाचन गरेका थिए।

About Author

Advertisement