आरजी कर प्रकरण: आरोपी आफू निर्दोष रहेको आरोपी सञ्जय रायको दाबी  

00-1-RG-Kar-Hospital

कोलकाता: आरजी कर अस्पतालमा जुनियर डाक्टरको दुष्कर्म साथै हत्याको घटनाका आरोपी सिभिक भोलेन्टियर सञ्जय रायले सोमबार सियालदह अदालतमा चार्ज गठनपछि आफू निर्दोष भएको दाबी गर्दै फसाएको आरोप लगाए। उनले प्रिजन भ्यानमा चढ्ने क्रममा आफू निर्दोष भएको र सरकारले फसाउने काम गरिरहेको आरोप लगाए। अदालतमा पेश हुने क्रममा सञ्जय रायले हत्या साथै दुष्कर्म नगरेको बताए। उनले भने, ‘अहिलेसम्म शान्त थिएँ, तर म दुष्कर्म साथै हत्यामा सामेल छुइनँ। मलाई सरकारले फसायो।‘ सोमबार आरोपीलाई सियालदह अदालतमा कडा सुरक्षाबीच हजारी गराइयो। अदालतमा दिउॅंसो २ बजे आरोपी विरुद्ध धेरै धाराहरू अन्तर्गत चार्ज गठित गरियो। यस घटनाको ८७ दिनपछि र सीबीआईको चार्जशीट दर्ता भएको २८ दिनपछि यो चार्ज गठित भएको छ। अब मामिलाको सुनवाई ११ नोभेम्बरदेखि हरेक दिन हुनेछl २३  

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement