हंगकंग: रुसकी डायना श्नाइडरले आइतवार ब्रिटेनकी केटी बोल्टरलाई ६-१, ६-२-ले सीधा सेटमा पराजित गरी डब्ल्यूटीए हंगकंग ओपनको खिताब जितिन्। विश्वकी १४औं नम्बरकी खेलाड़ी श्नाइडरले जर्मनीमा बेड होम्बर्ग ओपन, थाईल्याण्डमा भएको हिन च्याम्पियनशीप र हंगेरीमा बुडापेस्ट ग्राण्ड प्रिक्सपछि हंगकंगमा यस सीजनको चौथो ट्रफी जितिन्। खिताब जितपछि २० वर्षीय रूसी खेलाड़ीले भनिन्, ‘मलाई आज आफूले उच्च स्तरको टेनिस खेलेको जस्तो लाग्यो। म आफ्नो प्रदर्शनसँग खुशी छु। यसरी सीजनको समापन गर्न पाउँदा म धेरै रमाएकी छु। हरेक टुर्नामेण्ट र प्रत्येक म्याचमा आफ्नो सर्वश्रेष्ठ प्रदर्शन गर्ने मेरो लक्ष्य हुन्छ अनि आज मेरो दिन थियो।









