मेलबर्न: अष्ट्रेलियाले सोमवार खेलिएको पहिलो वनडे इण्टरनेशनल (ओडीआई) क्रिकेट म्याचमा पाकिस्तानविरुद्ध २ विकेटले रोमाञ्चक जीत हासिल गऱ्यो। केवल २०४ रनको लक्ष्य रहे पनि अष्ट्रेलिया एक समय चरम दबाउमा थियो तर कप्तान प्याट कमिन्सले ३१ बलमा धैर्यको साथ अविजित ३२ रन बनाएर आफ्नो टीमलाई जीत दिलाए। अष्ट्रेलियाले ३३.३ ओभरमा ८ विकेटमा २०४ रन बनाएर म्याच जित्यो। आजको जीतसँगै अष्ट्रेलियाले ३ वटा म्याचको सीरीजमा १-०-को बढ़त हासिल गऱ्यो। लक्ष्य सानो रहे पनि अष्ट्रेलियाको शुरुवात खराब रह्यो २८ रनको स्कोरसम्म म्याथ्यू शर्ट (१ रन) र जेक फ्रेसर-म्याकगुर्क (१६ रन) आउट भइसकेका थिए। त्यसपछि स्टीव स्मिथ र जोश ईंग्लिशले तेस्रो विकेटको निम्ति ८५ रनको पार्टनरशीप गरी लड़ाई जारी राखे। १७औं ओभरमा हारिस रऊफले स्मिथलाई आउट गरी पार्टनरशीप तोड़्नको साथै अष्ट्रेलियाले लगातार विकेट गुमाउन शुरु गऱ्यो। स्मिथले ४४ र ईंग्लिशले ४९ रन बनाए। अष्ट्रेलियाले १३९- को स्कोरमा ईंग्लिश, मार्नस लाबुशेन (१६ रन) र ग्लेन म्याक्सवेललाई गुमायो। त्यसपछि एरोन हार्डी १० र सीन एबट १३ रन बनाएर आउट भए पनि कमिन्सले कप्तानको जिम्मेवारी निर्वाह गर्दै टीमलाई रोमाञ्चक जीत दिलाए। पाकिस्तानका बलरहरूमा हारिस रऊफले ३ र शाहीन शाह अफरीदीले २ विकेट लिए।
मेलबर्न क्रिकेट स्टेडियममा टस हारेर पहिला ब्याटिंग गर्दै पाकिस्तान ४६.४ ओभरमा २०३ रन बनाएर अलआउट भयो। प्लेयर अव् द म्याच रहने पेस बलर मिचेल स्टार्कले ३ विकेटको साथ पाकिस्तानको सातो खाए। यसबाहेक टी२० वर्ल्ड कपपछि आफ्नो पहिलो अन्तर्राष्ट्रिय म्याच खेलिरहेका कमिन्स र स्पिनर एडम जाम्पाले २-२ विकेट लिए। यसमा पाकिस्तानका ओपनरद्वय सईम अयूब (१) र अब्दुल्लाह शफीक (१२ रन)-लाई स्टार्कले आफ्नो शिकार बनाए। यसरी २४ रनमा २ विकेट गुमाएपछि बाबर आजमले कप्तान मोहम्मद रिजवानसँग मिलेर स्कोरलाई ६३ रनसम्म पुऱ्याए। बाबर ३७ रन बनाएर आउट भए। यसरी कप्तान रिजवानले ४४ रनको योगदान दिए। त्यसपछि कामरान गुलाम (५), सलमान अघा (१२) र इरफान खान (२२ रन)-ले मध्यक्रममा उल्लेखनीय योदगान दिन सकेनन्। अन्तमा नसीम शाह र शाहीन शाह अफरीदीले झट्पट रन बनाएर टीमलाई २०३-सम्म पुऱ्याए। नसीमले ३९ बल खेलेर ४ वटा छक्का र एउटा चौकाको साथ ४० रन बनाए। यसरी अफरीदीले २४ रनको योगदान दिए। सीरीजको दोस्रो वनडे म्याच ८ नोभेम्बरमा खेलिनेछ।









