आईपीएलको मेगा लिलामी रियादमा हुने तय

IMG-20241104-WA0204

मुम्बई: फ्रेञ्चाइजीहरूले आ-आफ्नो रिटेन र रिलीजको सूची जारी गरेपछि आईपीएल-को आउँदो मेगा लिलामी नोभेम्बरको अन्तिम हप्ता सऊदी अरबको राजधानी रियादमा हुनेछ। बीसीसीआई-को सूत्रले सोमवार यस खबरको पुष्टि गऱ्यो। सूत्रबाट थाहालागे अनुसार, आईपीएल-को मेगा लिलामी रियादमा हुनेछ अनि यसबारे फ्रेञ्चाइजीहरूलाई सूचित गरिएको छ। लिलामी २४ र २५ नोभेम्बरमा हुने सम्भावना छ। यसपाली आईपीएलको मेगी लिलामी भव्य र रोचक रहनेछ कारण यसमा रिषभ पन्त, केएल राहुल, श्रेयस अय्यर, अर्शदीप सिंह र ईशान किशन जस्ता स्टार भारतीय खेलाड़ीहरूका नाम रहनेछ। दशवटा फ्रेञ्चाइजीसँग २०४ जना खेलाड़ीहरू किन्न ६६४१.५ करोड़ रुपियाँको राशि छ। यी २०४ स्थानहरूमा ७० वटा स्थान विदेशी खेलाड़ीहरूका निम्ति रहेको छ। अहिलेसम्म १० वटा फ्रेञ्चाइजीले ४६ जना खेलाड़ीहरू रिटेन गर्न सामूहिक रूपले ५५८.५ करोड़ रुपियाँ खर्च गरेको छ। अहिले सबै फ्रेञ्चाइजी लिलामीको निम्ति रणनीति तयार गर्नमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement