विधानसभा अध्यक्षले जनाए एमसीएल रूममा सहभागिता

IMG-20241104-WA0201

गान्तोक:: सिक्किम विधानसभा अध्यक्ष एवं सीपीए सिक्किम शाखाका अध्यक्ष एमएन शेर्पा र उपाध्यक्ष राजकुमारी थापा अस्ट्रेलियाको सिडनीमा आज आयोजित ‘४०औं राष्ट्रमण्डल संसदीय संघ साना शाखा सम्मेलन’ मा सहभागी बने।सम्मेलनका साथै सीपीए साना शाखाको चुनाउ पनि सम्पन्न गरियो, जसमा तीन उम्मेदवारले भाग लिए भने गुप्त मतपत्रको माध्यमद्वारा चुनाउ गरियो।
सिक्किम विधानसभा अध्यक्ष र उपाध्यक्ष पनि चुनाउमा सहभागी बने। चुनाउको समापनपछि पीठासिन अधिकारीले बेलिजको प्रतिनिधि सभाकी अध्यक्ष वी. अलेरिया वूड्सलाई सीपीए साना शाखाको भावी अध्यक्ष निर्वाचित बनेको घोषणा गरे। त्यसपछि, एक कार्यशाला आयोजन गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement