जटेश्वरमा नदीमा डुबेर एक वृद्ध व्यक्ति निखोज

IMG-20240723-WA0063

आलिपुरद्वार: आलिपुरद्वार जिल्लाको जटेश्वरमा नुहाउन भनेर गएका एकजना वृद्ध व्यक्ति बीरकिटी नदीमा डुबेपछि निखोज भएका छन्। उनको नाम रघुनाथ दास (७०)हो। प्राप्त जानकारी अनुसार, आइतबार उक्त वृद्ध नदीमा स्नान गर्न गएका थिए। नदी गहिरो भएकोले पानीमा तिनी अचानक डूबे। स्थानीय मानिसहरूले घटनाबारे थाहा पाएपछि जटेश्वर पुलिस थानालाई सूचित गरिदिए।
सोमवार नागरिक सुरक्षा टीमका सदस्यहरूले नदीमा स्पीडबोटको माध्यम खोज शुरू गरेको छ। तथापि, समाचार प्राप्त भएसम्म वृद्ध व्यक्तिको पत्तो नलागेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement