लुसाने डायमण्ड लीगमा स्वर्ण पदकको साथ इतिहास रचे नीरजले

२७ अगस्तः ओलम्पिक च्याम्पियन ज्याभलिन थ्रो एथलीट नीरज चोपड़ाले एकपल्ट फेरि इतिहास रचेका छन्। नीरज डामण्ड लीग मीट-को लुसाने चरणमा खिताब जित्ने पहिलो भारतीय बनेका छन्। यसको साथै उनले ७ र ८ सेप्टेम्बरमा ज्यूरिखमा हुने डायमण्ड लीग फाइनलको निम्ति पनि क्वालीफाई गरे। नीरज यस उपलब्धिलाई हासिल गर्ने पहिलो भारतीय हुन्। यसको साथै उनले हंगेरीको बुडापेस्टमा २०२३-मा हुने विश्व च्याम्पियनशीपको निम्ति पनि क्वालीफाई गरे। चोटमुक्त भएर खेलमा फर्किने २४ वर्षीय नीरजले स्वर्ण पदक जित्ने होड़मा आफ्नो पहिलो प्रयासमै ८९.०४ मीटरको दूरीमा भाला फ्याँके। यो उनको करियरको तेस्रो सर्वश्रेष्ठ प्रयास हो। चेक रिपब्लिकका जेकब वडलेज्चोले ८५.८८ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ रजत अनि अमेरिकाका कर्टिस थम्पसनले ८३.७२ मीटरको सर्वश्रेष्ठ प्रयासको साथ काँस्य पदक जिते।
यसअघि विश्व एथलेटिक्स च्याम्पियनशीपमा ऐतिहासिक रजत पदक जित्ने क्रममा नीरजलाई चोट लागेको थियो। त्यही चोटले गर्दा उनले बर्मिंघम कमनवेल्थ गेम्समा पनि हिस्सा लिन सकेनन्। त्यहाँदेखि उनी खेलबाट बाहिर रहेका थिए। अहिले चोटबाट मुक्त भएर खेलमा फर्किनको साथै लुसानेमा ऐतिहासिक स्वर्ण पदक जिते। हरियाणाको पानीपत निवासी नीरज डायमण्ड लीगमा कुनै पनि पदक जित्ने पहिलो भारतीय हुन्। नीरजभन्दा अघि डिस्कस थ्रो एथलीट विकास गौड़ा डायमण्डल लीग मीटको शीर्ष तीनमा स्थान बनाउने एकमात्र भारतीय खेलाड़ी थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement