सिलगढी: सिलगढीको वार्ड नम्बर ५ को नोतुनपाडामा छठ घाटको तयारीको काम शुरु नगर्दा स्थानीय बासिन्दाले विरोध गरेका छन्। भोलिदेखि छठ पर्व शुरु हुँदैछ। जसका कारण धेरै ठाउँमा छठघाटको तयारी शुरु भएको छ। आज नगरवासी आन्दोलनमा उत्रिएपछि ठेकेदारले घाट निर्माणको काम रोके। भोलिदेखि छठ महापर्व शुरु हुने अन्य ठाउँमा पनि काम राम्रो नभएको भन्दै उनीहरुले ठेकेदारविरुद्ध आक्रोश पोखेका छन्। यसैबीच वार्ड न० ५ का नोतुनपाडा छठ पूजा समितिका सचिव तुकाई पासवानले राज्य सरकारको सबै सहयोगका बाबजुद पनि ठेकेदारकै कारण काम अलपत्र रहेको बताए। उनले भने, ‘छठ घाटको काम चाँडोभन्दा चाँडो होस् भन्ने चाहन्छौं।‘ यस सम्बन्धमा वार्डका पार्षद अनिता महतोले फोनमा ठेकेदारले काम नगर्दा पूजा समितिलाई समस्या भएको बताए। उनले यस विषयमा कुरा गर्ने बताइन्।