छठ पुजा अघि सिलगढीको वार्ड नम्बर ५ मा सडक मर्मतको काम सुरु

Chhetriya-Samachar-1

सिलगढी: छठ पूजाअघि सिलगढीको वार्ड नम्बर ५ मा सडक मर्मत भइरहेको कारण स्थानीय बासिन्दा खुसी भएका छन्। वार्ड नम्बर ५ को सडक नम्बर २ को अवस्था विगत १५ वर्षदेखि निकै नाजुक रहेको बताइएको छ। यो सडकका कारण यस क्षेत्रका बासिन्दाले निकै समस्या भोग्नुपरेको थियो। छठ पूजाको दिन धेरै छठभर्ति भक्तजनहरू यही बाटो भएर घाटमा पुग्छन्। उनीहरुले पनि समस्याको सामना गर्नुपर्ने हुन्छ।सर्वसाधारणको समस्यालाई मध्यनजर गर्दै छठपूजाअघि नै सडक मर्मतको पहल गरिएको हो। यस सम्बन्धमा वडा नम्बर ५ का पार्षद अनिता महतोले विगत १५ वर्षदेखि वडाका विभिन्न सडकको अवस्था नाजुक रहेको बताइन्। महानगरपालिकाको पहलमा सडक नम्बर २ निर्माण हुन लागेको हो। यसका लागि उनले मेयर गौतम देवलाई धन्यवाद समेत दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement