इम्फाल: मणिपुर पुलिसले दुई व्यक्तिमाथि गरिएको हमलाको आरोपमा एक प्रतिबन्धित संगठनका सदस्यलाई पक्राउ गरेको छ। यस घटनामा पक्रा पर्ने व्यक्तिको नाम एटी समूहका सदस्य खुल्लेम संजीप उर्फ भीम (३०) बताइएको छ।
पुलिसले आज भने, आरोपीलाई ३१ अक्टोबरको दिन लामसाङको सेनापति जिल्लामा दुई व्यक्तिमाथि हमलाको जॉंचपछि पक्राउ गरिएको हो। आरोपी विरुद्ध अगाडिको कारबाहीको निम्ति पुलिस हिरासतमा पठाइएको छ। पुलिस यस हमलाको जॉंचमा जुटेको छ।यस घटना र क्षेत्रमा सुरक्षा चुनौतीहरूलाई ध्यानमा राख्दै सुरक्षा बलहरूले पहाड र घाटी जिल्लाहरूमा व्यापक खोजी एवं क्षेत्र नियन्त्रण अभियान चलाइरहेका छन्। एक अन्य अभियानमा मणिपुर पुलिसले जिरीबाम चन्द्रपुर रानी वेङ बाबूपाराबाट होइनु वेफेई (६४) नामक एक महिलालाई बचाएको छ। पछि उसलाई सुरक्षित रूपमा उसको परिजनलाई सुम्पिएको छ।