उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको हेमताबाद थाना न० १ अन्तर्गतको केशवपुर गाउँमा एकै परिवारका तीन जनाको रहस्यमय मृत्युले सनसनी मच्चाएको छ। परिवारका चारमध्ये तीन जनाको गएराति अप्रत्याशित रूपमा मृत्यु भएको बताइएको छ। हाजी अफाजुद्दीन मोहम्मदका छोरा (६१) मोहम्मद कुतुबुद्दीन (२६), उनकी श्रीमती परवीन बेगम (२२) र छोरी माही खातुन (३) को शव घरभित्रै फेला परेको थियो। खबर पाएलगत्तै पुलिस घटनास्थलमा पुगेर शवलाई आफ्नो नियन्त्रणमा लिएर पोस्टमार्टमका लागि रायगञ्ज मेडिकल कलेजमा पठाएर अनुसन्धान शुरु गरेको छ। घरायसी विवाद र जग्गाको विवादका कारण हत्या भएको हुनसक्ने स्थानीयले अनुमान गरेका छन्। पुलिसले मृतक मोहम्मद कुतुबुद्दीनका बाबु ६१ वर्षीय हाजी अफाजुद्दीन मोहम्मदलाई पक्राउ गरेको छ।