टेस्ट सीरीजमा व्हाइटवाशले सचिन तेन्दुलकर निराश

IMG-20241104-WA0143

मुम्बई: भारतका महान क्रिकेटर सचिन तेन्दुलकरले आइतवार घरेलु मैदानमा न्यूजील्याण्डविरुद्ध टीम इण्डियाको टेस्ट सीरीजमा ०-३-ले व्हाइटवाशलाई सजिलै पचाउन नसकिने बताएका छन्। न्यूजील्याण्डविरुद्ध टेस्ट सीरीजको तेस्रो तथा अन्तिम टेस्टमा एजाज पटेल र ग्लेन फिलिप्सले भारतीय ब्याटरहरूका निम्ति स्पिन जाल बिछ्याएका थिए, जसले गर्दा भारत घरेलु मैदानमा पहिलोपल्ट ३ या त्यसभन्दा अधिक म्याचको टेस्ट सीरीजमा व्हाइटवाशको शिकार बन्यो। तेस्रो टेस्टमा न्यूजील्याण्ड २५ रनले विजयी भयो। यसअघि न्यूजील्याण्डले पहिलो टेस्ट ८ विकेटले अनि दोस्रो टेस्ट म्याच ११३ रनले जितेको थियो। यसरी टेस्ट सीरीजमा ०-३-ले हारपछि सचिनले सोशल मीडियामा यस हारको निम्ति आत्ममन्थन जरूरी रहेको बताएका छन्। उनले मुम्बई टेस्टको पहिलो ईनिंग्समा असल प्रदर्शनको निम्ति शुभमन गिलको प्रशंसा गरेका छन्। यसरी ५१ वर्षीय दिग्गजले तेस्रो टेस्टको दुवै ईनिंग्समा रिषभ पन्तको ब्याटिंगलाई असाधारण बताए। यसको साथमा सचिनले भारतविरुद्ध तीनवटा म्याचको टेस्ट सीरीजमा लगातार असल प्रदर्शनको निम्ति न्यूजील्याण्डको प्रशंसा गरे। सचिनले सोशल मीडियामा लेखेका छन्, घरेलु मैदानमा ०-३-ले हार एउटा ठूलो चुनौती हो अनि यसको निम्ति आत्ममन्थनको आवश्यकता छ। के तयारीको कमी थियो? के खराब शट् चयन थियो या फेरि म्याच अभ्यासको कमी थियो? शुभमन गिलले पहिलो ईनिंग्समा लचिलोपन देखाए अनि रिषभ पन्तको दुवै ईनिंग्स असाधारण रह्यो। पन्तको फूटवर्कले एउटा चुनौतीपूर्ण सतहलाई सम्पूर्ण रूपले अलग बनायो। उनी असाधारण थिए। पूरा सीरीजमा लगातार असल प्रदर्शनको निम्ति पूरा श्रेय न्यूजील्याण्डलाई जान्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement